काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।








