काठमाडौं । कोरोना संक्रमणबाट होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार ओम अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको र उपचारका क्रममा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए ।








