• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

बैंकमा पटक–पटक रकम राख्दै–झिक्दैमा सम्पत्ति शुद्धीकरण नहुने सर्वाेच्चको ठहर

  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सर्वोच्च अदालतले कुनै बैंकमा पटकपटक रकम राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नहुने ठहर गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको पूर्ण इजलासले हालै गरेको फैसलामा कुनै खातामा पटकपटक जम्मा भएको रकम सबै सम्पत्ति शुद्धीकरणकै लागि हो भन्ने अनुमान गर्न नमिल्ने व्याख्या गरेको हो।

    एकपटक रकम बैंकमा राखेर झिक्ने र फेरि राख्ने प्रक्रिया अनवरत चल्न सक्ने भएकाले ‘कस्तो प्रकृतिको रकमलाई सम्पत्ति शुद्धीकरण मान्ने’ भन्ने जटिल प्रश्न उजागर गरेको छ। ‘सम्पत्ति शुद्धीकरण आफैंमा स्वतन्त्र अपराध हो वा आर्जन गरेको सम्पत्ति अन्य अपराधबाट प्राप्त गरेको देखिनुपर्छ?’ भन्ने प्रश्नमा सर्वोच्चको व्याख्या आएको हो। बिगो निर्धारण गर्दा रकमलाई लगत रूपमा नहेरी समग्रतामा सम्पूर्ण आर्थिक कारोबारको पृष्ठभूमि, आपसमा जोडिएको लेनदेनका आधारमा मूल्यांकन हुनुपर्ने अदालतको ठहर छ।

    सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादीहरूको के–कस्तो संलग्नता थियो? कसुरबाट को कसलाई के–कस्तो प्रभाव पर्‍यो? पीडित पक्ष को हो? प्रतिवादीहरूलाई कुन चाहिँ कसुरबाट के–कति रकम आर्जन भएको हो? उनीहरूको सगोल, स्वआर्जनको वैध सम्पत्ति कति थियो भन्ने अनुसन्धान भएको मिसिल प्रमाणबाट नदेखिएको सर्वोच्चले उल्लेख गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ मा ‘कसुरजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने’ भन्ने उल्लेख छ। सम्पत्ति शुद्धीकरणलाई आपराधिक वा कसुरजन्य कार्य गरी प्राप्त गरेको सम्पत्तिको शुद्धीकरणका रूपमा बुझिन्छ। कानुनले अपराध मानेको काम जस्तै भ्रष्टाचार, राजस्व छली, मानव बेचबिखन आदिलाई योसँग सम्बद्ध कसुर मानिन्छ। यस्तो कामबाट कमाएको सम्पत्ति शुद्धीकरण गर्नेलाई कानुनले कसुर मानेको छ।

    ‘बिगो निर्धारण गरी अभियोग दर्ता हुँदा खातामा रहेको मौज्दातलाई मात्र हेर्नुपर्ने हो वा कानुनअनुसार सबै कारोबार भएको रकमलाई मान्ने हो?’ यो प्रश्नमा केन्द्रित रहेर पनि व्याख्या गरिएको छ। यसअघि नेपाल सरकारविरुद्ध गणेश अर्यालसमेत भएको मुद्दामा सर्वोच्च अदालतले यससम्बन्धी नजिर प्रतिपादन गरिसकेको छ। ‘सम्पत्ति कति आर्जन गर्‍यो भन्ने प्रयोजनका लागि तत्काल कति उसको साथमा वा नियन्त्रणमा छ भन्ने आधारमा मूल्यांकन गरिने हो, न कि कति थियो वा हुन सक्थ्यो होला भनी अनुमान गर्ने हो’ भन्ने सिद्धान्त प्रतिपादन गरिएको थियो। फैसलामा भारतको सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणमा भएको नजिरलाई पनि उल्लेख गरिएको छ।

    ‘कसुर एकपटक मात्र हुने नभई निरन्तर हुनु अपराध मानिएको छ,’ फैसलामा भनिएको छ, ‘जबसम्म आपराधिक क्रियाकलापबाट आर्जित आम्दानी वा लाभ वित्तीय प्रणालीमा प्रयोग भइरहेको हुन्छ, तबसम्म आपराधिक दायित्व कायम रहन्छ।’

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.