• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सिद्धि विनायकको स्थापना दिवसमा विविध कार्यक्रम ३२ बालिकालाई भोजन र फलफूल, १० ज्येष्ठ शेयर सदस्य सम्मानित

  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) भरतपुर–२, क्षेत्रपुरले बालिकालाई भोजन तथा फलफूल र ‘ज्येष्ठ सदस्य सम्मान’ कार्यक्रम गरेको छ ।

    १८औं स्थापना दिवसको अवसर पारेर बिहीबार (दोश्रो दिन) देवघाट–५, तनहुँस्थित माँ कल्याणी बैदिक कन्या गुरुकुलम्मा अध्ययनरत ३२ बालिकालाई भोजन तथा फलफूल र १० ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष धितालले स्थापना दिवसमा विभिन्न कोणबाट सहजीकरण गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । समाजको अत्यन्त विकट क्षेत्रहरुमा रहेको वृद्धाश्रम, विपन्न परिवार लगायतलाई आगामी दिनमा सहयोग गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

    सोही अवसरमा गुरुकुलममा आश्रित स्नेहा केसी, सरिता शाहीलगायत बालिकाहरुको समूहले स्तुती वाचन, टिका र फुलको गुच्छाले स्वागत गरेका थिए । हाल गुरुकुलममा गुरुआमाहरु र ३२ बालिकासहित ४५ जना रहेका छन् ।

    कार्यक्रममा संस्थाका सल्लाहकार भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्यहरु नवराज अर्याल, शम्भु अर्याल, कृष्ण सिलवाल, इन्दिरा लामिछाने पन्त, सीता सापकोटा, समाजसेवी राजेन्द्र मिश्र, पत्रकार विना तामाङलगायतको उपस्थिति रहेको थियो ।

    दिपq प्रज्वलन कार्यक्रम ः
    सिद्धि विनायक साकोसले आजै १८औं स्थापना दिवसको अवसर पारेर कार्यालय परिसरमा १८ वटा दिप प्रज्वलन गरेको छ । संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शालिकराम घिमिरेले दिप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले सञ्चालक समिति, शेयर सदस्यलगायत सबैको भूमिका निर्वाह जिम्मेवारीपूर्ण र सह्राहनीय रहेको बताए । आगामी दिनमा संस्थालाई सदस्यमुखी मात्र नभइ संस्थागतरुपमा बलियो र परिस्कृत बनाउँदै लैजानु पर्ने उनको सुझाव थियो ।

    कार्यक्रममा प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष थिरप्रसाद धिताल, अन्य पदाधिकारी, कार्य समिति सदस्य, शेयर सदस्यहरुलगायतले एकापासमा केट काटी खुशी साटासाट समेत गरेका थिए । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले संस्थागत हितका लागि अघि बढ्ने प्रतिबद्धता जनाए ।

    वृद्धवृद्धालाई सम्मान ः
    यसैबीच सिद्धि विनायक साकोसले संस्थामा आवद्ध १० ज्येष्ठ शेयर सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान’ ले सम्मानित गरेको गरेको छ । अध्यक्ष धितालका अनुसार ७५ वर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरु सम्मानित भएका हुन् ।

    सम्मानित हुनेहरुमा भरतपुर २, देवकोटाचोकका पदमकुमारी देवकोटा, भरतपुर ११, बर्मेली टोलका निरप्रसाद अधिकारी, भरतपुर ४, बेलचोकका तेजप्रसाद शर्मा, भरतपुर ७ का दिपकुमार उप्रेती, भरतपुर १० का छमकुमारी रिजाल, भरतपुर १२ का रेवतीप्रसाद रिमाल, भरतपुर २, तीनखोलेका टेकबहादुर प्रधान, भरतपुर २, बुद्ध टोलका गणेश गुरुङ, भरतपुर १०, तालिम केन्द्र पछाडिका रामचन्द्र लामा र भरतपुर ११, गोर्खाली टोलका विष्णुमाया पाण्डे रहेका छन् ।

    उनीहरुलाई दोसल्ला, फलफूल र नगदले सम्मान गरिएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । संस्थाका पदाधिकारी तथा सदस्यहरु ज्येष्ठ सदस्य सम्मानका उनीहरुको घर–घरमै पुगेका थिए । ज्येष्ठ शेयर सदस्यको उच्च सम्मान गर्दै पहिलो पटक यो कार्यक्रम सुरु गरिएको व्यवस्थापक पौडेलले बताए ।

    यसअघि बुधबार (पहिलो दिन) सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि (साकोस) ले सदस्य शिक्षा एवम् अन्तक्र्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.