• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनबाट वैदेशिक रोजगारीमा गएका ३८ जनाले एक वर्षको अवधिमा गुमाए ज्यान

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक वर्षको अवधिमा चितवनबाट वैदेशिक रोजगारीका लागि गएका ३८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको शव चितवन ल्याइएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जानकारी दिएको छ । सामीका अनुसार एक वर्षको अवधिमा भरतपुर महानगरपालिकाका १५ रत्ननगर नगरपालिकाका ९, माडी नगरपालिकाका ६, खैरहनी नगरपालिकाका ४, राप्ती नगरपालिकाका ३ र कालिका नगरपालिकाको १ जनाको शव विदेशबाट ल्याइएको हो उनीहरुलाई १ करोड ४७ लाख रुपैयाँ क्षतीपूर्ति स्वरुप राहत उपलब्ध गराइएको सामीका कार्यक्रम संयोजक सुर्य प्रसाद पौडेलले जानकारी दिए ।

    जिल्लाबाट वैदेशिक रोजगारीमा गएका १३ जना परिवारको सम्पर्कभन्दा बाहिर रहेको उनले बताए । जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ७५ जना युवाहरु घाइते तथा अंगभंग भएको पौडेलले जानकारी दिए । घाइते तथा अंगभंग हुनेमा सबैभन्दा धेरै मृगौला रोगी रहेका छन् । २०८० साल यता चितवन मृगौला फेला भएका ४३, कार्यस्थलमा दुर्घटना भएका ७, क्यान्सर रोग लागेका ५, विभिन्न प्रकारका रोग लागेका १६ र अन्य २ गरी ७५ जना कामदार घाइते तथा अंगभंग भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ । उनीलाई एक करोड ३७ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराइएको पौडेलले जानकारी दिए । चितवन बागमती प्रदेशबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा पर्दछ । यहाँबाट यस आर्थिक वर्षको वैशाख महिनासम्म मात्रै १७ हजार ७३१ जनाले श्रम स्वीकृत लिएका छन् । गत आर्थिक वर्ष १५ हजार ३६५ जनाले श्रम स्वीकृत लिएका थिए ।

    सरकारले पछिल्लो समयमा वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य उपचारमा ५० हजार सहयोग गर्दै आएको छ । चितवनमा जनचेतनाको अभावका कारण यस सेवा लिन आउने सेवाग्राहीको संख्या न्यून रहेको उनले बताए । ‘चितवनबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेहरु धेरै हुनुहुन्छ । उहाँहरुको परिवारलाई गम्भिर प्रकृतिका क्यान्सर, मृगौला, मुटुरोग लगायतका ५ रोग लागेमा सरकारले ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ’, उनले भने ‘चितवनमा १५ जनाले मात्र यस्तो सुविधा लिनुभएको छ ।’ यो रकम स्थानिय तहको सिफारिस र सहजिकरणका आधारमा वैदेशिक रोजगार वोर्डले उपलब्ध गराउने छ ।

    श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको अवस्थामा वा नेपाल फर्केर आएको एक वर्ष भित्रमा मृत्यु वा पूर्ण असक्क्त घाइते अंगभंग भएको अवस्थामा उनका छोराछोरीले कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति समेत पाउने व्यवस्था छ । विद्यार्थीको उमेर हद १८ वर्ष तोकिएको उनले बताए । यस्ता विद्यार्थीले कक्षा आठसम्म वार्षिक १२ हजार र कक्षा १२ सम्म वार्षिक १६ हजार पाउने व्यवस्था रहेको छ । छात्रवृत्ति पाउनको लागि हकवाला विद्यार्थीले सम्बन्धित विद्यालय मार्फत स्थानीय तहमा निवेदन दिनुपर्छ । स्थानिय तहले वैदेशिक रोजगार बोर्डबाट सो रकम प्राप्त गर्नेछ । यद्यपि चितवनमा छात्रवृत्तिको सुविधा लिने विद्यार्थीको संख्या कम रहेको उनको भनाई छ ।

    उनका अनुसार जिल्लामा ९८ जनाले यो सुविधा लिएका छन् । सुरक्षित आप्रवासनले वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा परिवारलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, सीप तालिमका लागि सहजिकरण, न्यायमा सहजिकरण जस्ता काम गर्दै आएको छ । एक वर्षको अवधिमा ७ हजार ४ सय २१ जनाभन्दा बढीलाई परामर्श दिएको उनले बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्ला भएकाले विदेश जाँदा बुझेर मात्र जान सुझाव दिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.