• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा १६ वटै वडालाई पूर्ण खोप वडाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगरलाई पूर्ण खोप घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै पूर्ण खोपलाई दिगोपन दिनु मह¤वपूर्ण विषय भएको बताए । उनले पूर्ण खोप अभियानलाई निरन्तरता दिन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवालीले वडामा खोप लगाउन छुटेका बालबालिकालाई बकुलहर रत्ननगर अस्पतालमा सोमबार र मंगलबार खोप लगाउने व्यवस्था गरिएको बताए । कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन मह¤वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।

    जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपालको संविधान २०७२ ले पूर्ण खोप पाउने ग्यारेन्टी गरेको र संविधिानप्रदत्त हक बमोजिम १५ महिनाभित्रका बालबालिकालाई १३ प्रकारका खोप लगाइँदै आएको बताए । उनले पूर्ण खोप दिगोपना सुनिश्चितताका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । नगरउपप्रमुख यादवप्रसाद पाठकले पूर्ण खोप पालिका घोषणा हुनु सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै अर्को वर्ष पनि दिगोपनाको लागि काम गर्न आग्रह गरे । उनले कुनै पनि बालबालिका पूर्ण खोपबाट छुट्न नहुने र छुटेका हकमा पनि खोपको ग्यारेन्टी गर्न सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

    यस्तै, सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले पूर्ण खोप कार्यक्रमको दिगोपनालाई अगाडि बढाउन सबै सरोकारवाला लागिपर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले कुनै पनि बालबालिका पूर्ण खोपबाट वन्चित नहुने गरी सबै वडामा खोप सुनिश्चितता गरिएको र बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आएका कारणले कुनै बालबालिका खोप लगाउन छुटेमा ‘खोज र खोप’ अभियानमार्फत खोपको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, १६ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सचिवहरु, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.