• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रत्ननगर-१२ मा ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान

  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर  ।  रत्ननगर नगरपालिकाले विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’ लाई तीव्रता दिएको छ। सतप्रतिशत घटना दर्ता अभियान अन्तर्गत सञ्चालित यो कार्यक्रम असार २ गते वडा नम्बर १३ बाट सुरु भई मंगलबार वडा नम्बर १२ को सालघारीमा पुगेको हो । असार ६ गतेसम्म विभिन्न वडाका टोलहरूमा सञ्चालन हुने यो अभियानले सामाजिक सुरक्षा भत्ताको महत्व, प्रक्रिया र प्रावधानबारे स्थानीयवासीलाई सुसूचित गर्ने लक्ष्य राखेको छ।

    नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको बताए। उनले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र साउन-भदौमा वडा कार्यालयमार्फत नवीकरण गर्नुपर्ने जानकारी दिए। ‘नवीकरण नगरे भत्ता रोकिन्छ, तर स्वास्थ्य अवस्थाको कारणले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्छन्,’ उनले भने। विदेशमा रहेका व्यक्तिको नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनाबाट भत्ता पुनः सुरु हुने उनले प्रष्ट पारे। अन्य जिल्लामा रहेका व्यक्तिले त्यहीँबाट नवीकरण गर्न सकिने र हाल १२ वटा बैंकमार्फत १६ वडामा भत्ता वितरण भइरहेको उनको भनाइ थियो। वडा नम्बर १२ मा आइसिएफसी फाइनान्समार्फत भत्ता वितरण भइरहेको छ। बस्ताकोटीले पेन्सन लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने बताए।

    ज्येष्ठ नागरिक भत्ताका लागि उमेर सीमा ६८ बाट ७० वर्ष पुर्‍याइएको उनले जानकारी दिए। नेपालमा सामाजिक सुरक्षा भत्तामा वार्षिक साढे १ खर्ब खर्च हुने उल्लेख गर्दै उनले भत्ताको दुरुपयोग रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताए। वडा नम्बर १२ का वडाध्यक्ष सुन्दरमणी सुवेदीले यो अभियानले योग्य व्यक्तिलाई भत्ता प्राप्त गर्न सहज हुने बताए। ‘स्वास्थ्य अवस्थाको कारणले बैंक जान नसक्ने लाभग्राहीका लागि घरमै भत्ता पुर्‍याउने व्यवस्था गरेका छौँ,’ उनले भने। वडा कार्यालय सधैं सेवाग्राहीको सहयोगका लागि तयार रहेको र कार्यालय समयबाहेक पनि वडावासीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उनले प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा वडा सदस्य चन्द्रकला पनेरु, सुकमाया विक र वडा सचिव शंकर गिरीको उपस्थितिमा स्थानीयको तर्फबाट तिर्थ तामाङले भत्तासम्बन्धी गुनासो राखेका थिए, जसको जवाफ दिँदै बस्ताकोटीले प्रावधान र विकल्पबारे जानकारी गराए । अभियान असार ४ गते वडा नम्बर ४ को बगैचा टोल, चौधरी मिलन टोल र भोकाहा टोलमा, असार ५ गते वडा नम्बर ६ को ओद्रा टोल र दोरङ्गी टोलमा, र असार ६ गते वडा नम्बर ३ को नमूना टोलमा सञ्चालन हुनेछ। स्थानीय टोल विकास संस्थाहरूसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाइएको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.