• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बजेटले किसानलाई अन्याय गर्यो, दुई बुँदे सहमति कार्यान्वयन नभए संघर्ष : माओवादी नेता बस्नेत

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  (नेकपा माओवादी केन्द्र)का उपमहासचिव शक्ति बहादुर बस्नेतले ओली सरकारले ल्याएको बजेटमा किसानलाई अन्याय गरेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बस्नेतले २ बुँदे सहमति कार्यान्वयन नगरे संघर्षको चेतावनीसमेत दिए । ४८ औं जुगेडी किसान संघर्ष दिवसको अवसरमा बोल्दै पूर्व–गृहमन्त्रीसमेत रहेका बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर २ बुँदे सहमति गरेको बताए ।

    उनले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरेका छन् । “यदि ३० दिनभित्र समहति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुल्ला छ, तर आशा गरौं छिट्टै उच्चस्थतरीय छानविन समिति बन्ने छ” बस्नेतले भने । बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्वपूर्ण भूमिका रहेका बताएको बताउँदै भने,“२०५२ साल अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशामा पक्रन नसक्नुको मुख्य कारण सामन्तवादप्रति केन्द्रीत थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो ।” “नेपालको लोकतान्त्रिक आन्दोलन सामन्वादसँग सम्बन्ध विच्छेद गर्ने थियो तर तोड्न सकेन २०४६ को मर्म अनुसार अगाडि बढ्न सकेन, उल्टै जनताको भावना र मर्म विपरित राजतन्त्रसँग सम्झौता गरे ।

    बस्नेतले भने । राजकीय सत्ता जनतामा हुनुपर्छ भन्ने पहिले देखिनै हाम्रो पार्टीले अडान लिदै आएको छ ।” बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकता अनुसार संघर्षका स्वरुप पनि बदलिन सके मात्र किसान आन्दोलनलाई नविनरुप दिन सकने बताए ।संगठनका उपाध्यक्ष श्रीगोविन्द महर्जनले जुगेडी लगायतका संघर्षहरुलाई सत्तामा पुग्ने र बिर्सने प्रवृत्तिविरुद्ध आफूहरुले खबर्दारी गर्दै आएको बताए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का पार्टी फ्य्राक्सन इन्चार्ज तथा पूर्व मन्त्री सुनिल मानन्धरले असार ५को दिनलाई किसानको संघर्ष र बलिदान दिवसकोरुपमा मनाउँदै आएको बताए । किसानको आन्दोलन माथि उठ्न नसकेको र यसको जिम्मेवारी आफ्नो पार्टी माओवादीले पनि लिनु पर्ने बताए ।

    त्यसैगरि वरिष्ठ पत्रकार नरेन्द्र जंग पीटरले जुगेडी किसान संघर्ष र देशमा हुँदै आएका किसानहरुको आन्दोलनले समग्र नेपाली वामपन्थी तथा सर्वहारा किसान वर्गलाई माथि उठाउन इतिहासलाई लिपिवद्ध गरि सहिदहरुले दिएको योगदानलाई भुल्नु नहुने बताए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान योद्धाहरुको सम्मानमा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक जुगेडी किसान संघर्षलाई कहिल्यै पनि भुल्न नहुने बताए ।

    श्रेष्ठले आफ्नो संगठनले जुगेडी संघर्षको दिनलाई सँधै आत्मसाथ गर्दै आएको बताउँदै किसानको मुक्ति र संघर्षलाई मुक्तिको सही बाटो भएको बताए ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले जुगेडी लगायत देशका सहिद किसानहरुलाई राष्ट्रिय सहित घोषणा गर्नु पर्ने माग गरेका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.