• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनको मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’ सञ्चालनमा

  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय वाइल्डलाइफ टुरिजममा हाइ-एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

    यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’का नाममा सञ्चालन गरेको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए ।

    “वाइल्डलाइफ टुरिजमका लागि देशकै उत्कृष्ट गन्तव्य मेघौलीमा प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न चाहनेका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो”, न्यौपानेले भने, “यति सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।”

    चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्रे सडकको सुविधा छ ।

    सिइओ न्यौपानेका अनुसार सिद्धार्थ वाइल्डलाइफ रिट्रिट १२ बिघै क्षेत्रको जंगलमा छ । रिसोर्टभित्रै छुट्टै आनन्दको संसार जस्तो महसुस हुने सुन्दर बगैंचासहित रिसोर्ट परिसरकै जंगलमा विभिन्न चराचुरुङ्गी र जनावरको अवलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरबाट बग्ने खोलाले त्यहाँको प्राकृतिक सुन्दरतामा थप मिठास भरेको छ ।

    यस रिसोर्टको अर्को आकर्षण उत्कृष्ट स्वीमिङ पुल पनि हो । पुलसँगै पुलसाइड बार सञ्चालनमा छ । स्वीमिङको थकान मेट्न पुलसँगै रहेको झुल्ने खटियामा ढल्केर सुस्ताउनुमा बेग्लै मज्जा हुन्छ ।

    पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउदै आफू पनि ब्रेकफास्ट (Breakfast with elephant) गर्ने जस्ता रोमाञ्चक सुविधा लिन सक्छन । एउटा छावासहित रिसोर्टमा तीन वटा हात्ती पालिएका छन् ।

    रिसोर्टमा स्थानीय रहनसहनअनुसार थारू शैलीका १७ भिल्ला बनाइएको छ, जसका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । सबै भिल्लाहरु डिलक्स भएको बताउँदै सिइओ न्यौपानेले जड्गल रिसोर्टमा हुनुपर्ने न्यूनतमदेखि अधिकतम सेवा–सुविधा उपलब्ध गराएको जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सिमानामा रहेको मध्यवर्ती जंगलसंगै जोडिएको रिसोर्टले जंगलभित्रको आवासको अनुभूति दिलाउँछ । आन्तरिक तथा बाह्य पाहुनाका लागि जंगल गतिविधि बाहेक विभिन्न प्याकेज उपलब्ध भएको न्यौपानेले बाताए ।

    मेघौली विभिन्न प्रजातिको चराचुरुङ्गी अध्ययन तथा अवलोकन गर्नका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँ साढे पाँच सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् ।

    थारु र कुमाल समुदायको बाहुल्य रहेको मेघौलीमा रापती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकन समेत गर्न सकिन्छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने रापती नदी अनि सोही नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जंगली जनावर हेर्ने सुविधाले जोकोहीलाई पुलकित बनाउँछ । डुङ्गा सयरपछि पुगिने गोलाघाट (नारायणी र रापती खोलाको दोभान)बाट देखिने सूर्यास्तले मोहित न बनाउने कोही हुँदैन ।

    पर्यटकहरु पूरा दिन वा आधा दिनको बुकिङ गरेर जँगल सफारीमा जान सक्छन् । आरामदायी हाइलक्स जिप र अनुभवी गाइडसँगै गरिने सफारीले जंगल सफारीको अनुभवलाई उत्कृष्ट बनाइदिन्छ ।

    सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.