• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा

  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थाले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यही यही पार्टीको सभापति भए, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन ।” निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उहाँको भनाइ थियो । कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । गौरीदेवी प्रधान र उहाँका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उहाँहरूले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

    प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उहाँले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई संवृद्ध बनाउने पार्टी कांग्रेस भएको बताउनुभयो । इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने उहाँको भनाइ थियो । कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आवश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताउनुभयो । एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने उहाँले बताउनुभयो । नेता डा शशाङ्क कोइरालाले काँग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताउनुभयो ।

    लोकतान्त्रिक आन्दोलनमा गौरीदेवी प्रधानको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा लोकतान्त्रिक आन्दोलनका योद्धाहरूको योगदानलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले गौरीदेवी प्रधानले नेपालको हरेक आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.