काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन। हाल प्रदेश १ र बाँकी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली भएको छ। देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बांकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








