काठमाडौं । लमजुङमा भारी वर्षा भएको छ । भारी वर्षा हुँदा खुदी खोला, खुदी बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।








