चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा हस्ताक्षर गरी जारी विज्ञप्ती मार्फत कडा भन्दा कडा कारवाहीको माग गर्दै जिल्ला कमिटीलाई सिफारिस गरेको जनाइएको छ । स्थायी कमिटी सदस्य तथा चितवन निर्वाचन क्षेत्रनम्वर १ का प्रतिनिधि सभा सदस्य पूर्व अर्थमन्त्री सुरेन्द पाण्डेले मन्तव्य राखिरहँदा पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजी गर्नेहरु कमिटी भन्दा बारिहका रहेको, अराजक व्यक्तिहरुले बैठक विथोल्न खोजेको र उक्त विरोध निर्देशीत रुपमा गरिएको भन्दै उक्त कार्य गर्ने गराउनेलाई कारबाहीको माग गरिएको छ । साथै विभिन्न संचारमाध्यममा आए जसरी पाण्डे प्रति कुनै अभद्र व्यवहार नभएको र कार्यक्रम पनि नविथोलिएको दावी गरिएको छ ।









