• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कालिका नगरपालिकाको सार्वजनिक सुनुवाइमा नगरबासीको गुनासोभन्दा सुझाव धेरै

  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै विगत एक वर्षभित्र सम्पन्न गरिएका कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यक्रममा नगरबासीले विकास, सेवा प्रवाह, सुरक्षालगायत विभिन्न विषयमा सुझाव तथा गुनासाहरु राखेका छन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले नगरपालिकाले अनुमानित ९२ करोड ९७ लाख ९४ हजार रुपैयाँमध्ये ७१ करोड ३४ लाख २५ हजार ८५७ रुपैयाँ, अर्थात् ७६.७३ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयाे । प्रस्तुत गरिएकाे चालु खर्चतर्फ ८६.६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ६५.४४ प्रतिशत खर्च भएको उल्लेख गरिएको छ।

    विकास योजनाबाट सेवा विस्तारसम्म-

    प्रमुख प्रशासकीय अधिकृत चौलागाईंका अनुसार कालिका नगरअस्पतालमा विशेषज्ञ सेवासहित प्रयोगशालाको स्तरोन्नति गरिएको छ। पाँच सय जनालाई स्वरोजगार तालिम दिइएको छ भने नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा अधुरा तथा दुर्गम स्थानहरुमा विद्युत् लाइन विस्तार गरिएको छ।

    गत आर्थिक वर्षमा १८ वटा योजना अन्तर्गत बोलपत्र आह्वान गरिएकामा १७ वटा योजना सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्षदेखि घरघरबाट फोहोर सङ्कलन गर्ने तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयाे ।

    नागरिक सुझाव : –

    कार्यक्रममा सहभागी नगरबासीले महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएका छन्। कालिका–६ का नरराज धितालले नगरमा कुकुर नियन्त्रणको माग राख्दै अस्थायी साधन प्रयोग घटाउँदै गर्भपतन सेवा बन्द गर्नुपर्ने बताउनुभयाे।

    कालिका–६ कै हरि भण्डारीले नगर प्रहरीको परिचालन, खेल मैदान, पुस्तकालय, र शिक्षामा लगानी बढाउन सुझाव दिनुभयाे । ज्येष्ठ नागरिक संयोजक भीमप्रसाद खनालले अस्पताल सेवा असहज भएको भन्दै टिकट प्रणाली सात दिनसम्मको बनाउने माग गर्नुभयाे।

    कालिका–७ का रामबहादुर बोहराले मनकामना टोलमा सडक पिच निर्माण, भेगीय पूर्वाधारमा समानता, र मानवअधिकार कार्यालय स्थापनाको माग गर्नुभयाे । टेकबहादुर बस्नेत, काजीमान मोक्तान, नरेश तिवारीलगायतले ट्रान्सफर्मर जडान, फोहोर व्यवस्थापन, हाइमास लाइट मर्मत, सिसी क्यामेरा जडान, चेकप्वाइन्ट स्थापनालगायत सुरक्षामूलक उपायमा ध्यान दिन सुझाव दिएका थिए।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.