• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन जिल्ला अदालतमा लक्ष्यभन्दा ५ प्रतिशत बढी मुद्दा फर्छ्यौट

  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मुद्धा फर्छ्यौटमा चितवन जिल्ला अदालतले विगत छ वर्षयताकै ठूलो प्रगति हासिल गरेको छ । भौतिक संरचना र जनशक्तिको अभावका बीच अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा पाँच प्रतिशत बढी मुद्धा फर्छ्यौट गरेको छ । गत आवमा नयाँ दर्ता भएका चार हजार ३४३ वटा र अघिल्लो आव २०८०/८१ बाट जिम्मेवारी सरी आएका एक हजार ९५० गरी जम्मा छ हजार २९३ वटा मुद्धाको लगत कायम भएको थियो । त्यसमध्ये चार हजार २११ वटा मुद्धा फर्छ्यौट गर्ने लक्ष्य लिइएकामा चार हजार ४३४ वटा मुद्धा फर्छ्यौट भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णु प्रसाद आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार कुल मुद्धाको ७०.४६ प्रतिशत मुद्धा फर्छ्यौट भएको हो । गत आवको एक हजार ८५९ वटा मुद्धा यस आव २०८२/८३ को लागि जिम्मेवारी सरेर आएका छन् । यसअघि आव २०७५/७६ मा ६०.०३ प्रतिशत, २०७६/७७ मा ६३.७३ प्रतिशत, २०७७/७८ मा ६३.५५ प्रतिशत, २०७८/७९ मा ६८.१० प्रतिशत, २०७९/८० मा ६४.५२ प्रतिशत र २०८०/८१ मा ६८.८२ प्रतिशत मुद्धा फछ्र्यौट भएको थियो । पत्रकारहरुसँग बिहीबार अन्तरक्रिया गर्दै आचार्यले दुई वर्ष पुराना सबै मुद्धा फर्छ्यौट भएको जानकारी दिए । १८ महिना नाघेका ४५ वटा मात्रै मुद्धा विचाराधिन अवस्थामा रहेको उनले बताए । त्यस्तै, गत आवमा फैसला कार्यान्वयनका लागि एक हजार ८४७ वटा निवेदनको लगत कायम भएकामा ८९२ वटा अर्थात् ४८.२९ प्रतिशत निवेदन मात्रै फछ्र्यौट भएको छ । फैसला कार्यान्वयनका क्रममा एक हजार ५६४ वर्ष एक दिन कैद र नौ करोड ६९ लाख ९८ हजार २८२ रुपैयाँ जरिवाना असुल गरिएको आचार्यले बताए ।

    चितवनमा अपराधिक काममा बालबालिकाहरुको प्रयोग बढ्दो रहेको चितवन जिल्ला अदालतका प्रमुख न्यायाधिस रमेश ज्ञवाली बताउँछन् । ‘जबरजस्ती करणी, लागुऔषध र चोरीका घटनामा बालबालिकाहरुको धेरै प्रयोग गरिएको छ । बालबालिकाहरुको प्रयोग विकराल अवस्थामा छ’, उनले भने । धेरै जसो युवाहरु विदेश पलायन भएकोले बालबालिकाहरुलाई ललाईफकाई गरी गैरकानुनी काममा प्रयोग गर्ने गरिएको उनले बताए । अदालतलाई नयाँ भवन अत्यावश्यक भइसकेको न्यायाधिस ज्ञवालीले बताए । अहिलेको भौतिक संरचना दुई जना न्यायाधिसको दरबन्दी हुँदा ताकाको भएको भन्दै उनले आठ जना न्यायाधिसले काम गर्दै गर्दा पनि नयाँ संरचना बनाउन नसकिएको बताए । उनका अनुसार नयाँ भवन बनाउन ९० करोड रुपैयाँ लाग्ने अनुमान गरी नक्सापास समेत भइसकेको छ । तर, सरकारले बजेट नदिँदा भवन बनाउन नसकिएको उनको भनाई छ ।

    अदालतमा ७८ जना कर्मचारीको स्थायी दरबन्दी छ । अदालती कामलाई सहज र छिटो छरितो बनाउन अधिकृत स्तरका १० जना र सहायक स्तरका १० देखि २० जना कर्मचारी आवश्यक रहेको उनले जानकारी दिए । ‘हामीले संस्थागत रुपमा प्रधानन्यायाधिस, बार अध्यक्ष लगायत सबैसँग भवन बनाउन बजेटको लागि पहल गरिरहेका छौँ । अहिलेसम्म बजेट पाउन सकिएको छैन’, उनले भने । उनका अनुसार सरकारी वकिलको कार्यालयको पुरानो भवनलाई तहसिल शाखा तथा सुरक्षाकर्मी व्यारेकका रुपमा प्रयोग गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.