• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा ८० प्रतिशत धान रोपाई सकियो

  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा असार सकिएर साउन लाग्दा सम्म पनि रोपाई सकिएको छैन । जिल्ला कृषि विकास कार्यालय चितवनले असार महिनासम्म चितवनमा धानखेती हुने जमिनमध्ये ८० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको जनाएको छ । कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार आकासे पानी पर्याप्त नपर्दा पश्चिम चितवनका अधिकांश रोपाइँ बोरिङको भरमा छ । आकासे पानीको भरमा रोपाइँ हुने खेतीयोग्य जमिनमा अझै रोपाइँ हुन सकेको छैन ।

    ‘जहाँ सिँचाई अथवा बोरिङको सुविधा छ त्यहाँ रोपाइँ भएको छ, आकासे पानीको भरमा रोपाइँ हुने क्षेत्र अझै केही बाँकी छ’, उहाँले भन्नुभयो ‘पर्याप्त पानी परेको छैन, किसानहरुले बोरिङबाट धानखेत भिजाइरहेका छन्, सिँचाइबाट गरा–गरामा पानी भरेका छन् ।’ भरतपुर महानगरका अधिकांश धानखेती हुने जमिनमा किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाई गरी रोपाइँ हुने गर्छ । छिटपुट परेको पानीले पश्चिम चितवनका घोलखेत पनि भिजेको छैन, जसका कारण किसानले बोरिङबाट रोपाइँ गरेका हुन्, यसपटक चितवनका अधिकांश भूभाग बोरिङबाट रोपाइँ गर्नुपर्दा किसानको लागत पनि बढेको छ ।

    ‘बोरिङले पालैपालो भूमिगत पानी तानेर खेत सिँचाई गर्ने कार्य गरिरहेका छौँ’, भरतपुर–२५ का किसान सूर्यप्रसाद ओझाले भन्नुभयो,‘बोरिङ सुविधा नभएको भए यसपटक असारसम्म धानखेत बाँझै हुने थिए, अझै पानी पर्न सकेको छैन, कुलो, नहरमा पानी नै छैन ।’ सुक्खाका कारण बोरिङमै पानी कम आइरहेको उहाँले बताउनु भयो । ‘दिनभरि सोलारबाट बोरिङको इन्जिन चलाए पनि मुस्किलले एक–दुई गरामात्रै भिजाउन सकिएको छ, बोरिङले समेत पानी कम फालेको छ, पानी पर्न सकेकै छैन’, अर्का किसान दीपक खनालले भन्नुभयो । चितवनमा यसपटक २७ हजार हेक्टरमा धान रोप्ने लक्ष्य राखिएको छ ।

    चितवन जिल्लाको पूर्वी चितवन क्षेत्रमा झन्डै ८७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । तर, पश्चिम चितवनका टाँडी क्षेत्रहरूमा रोपाइँ ८० प्रतिशत मात्र भएको छ । कालिका नगरपालिकामा धान रोपाइँ हुने क्षेत्र केही बढेको छ भने इच्छाकामना र राप्तीका पहाडी वडाहरूमा धान रोपाइँ हुन सक्दैन । खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका क्षेत्रहरूमा धान रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ । चितवनको धान जोन क्षेत्र पनि यी दुई नगरपालिकामा पर्छ ।

    चितवन जिल्लामा बोरिङ, कुलो र नहरको सिँचाइलाई जोड्ने हो भने धानखेतीयोग्य जमिनको ८० भूभागमा सिँचाई सुविधा रहेको छ । २० प्रतिशत जमिनमा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था चितवनमा अझै छ पूर्वी चितवनका अधिकांश जमिनमा सिंचाइको सुविधा छ । कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा विगतका वर्षहरुमा वर्षे धान एक लाख १२ हजार बढी मेट्रिक टन उत्पादन भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.