• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

माडीमा विद्युत सेवा अवरुद्ध हुँदा आन्दोलन चर्कियो, सुधारको आश्वासपछि ताला हटाइयो

  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको माडीमा लामो समयदेखि जारी अनियमित विद्युत आपूर्ति, बारम्बार लाइन जाने समस्या र नेपाल विद्युत प्राधिकरणको उदासीनताले आक्रोशित बनेका स्थानीयवासीले शुक्रबार वितरण केन्द्रमै तालाबन्दी गरेका छन्। वितरण प्रणालीमा देखिएको चरम लापरवाहीप्रति विरोध जनाउँदै स्थानीय युवाहरूको अगुवाइमा माडी वितरण केन्द्रमा दिउँसो करिब १२ बजे तालाबन्दी गरिएको हो। करिब डेढ घण्टा लामो तालाबन्दी शनिबार बिहान १० बजे चनौली वितरण केन्द्रका प्रमुखसहितको प्राविधिक टोली माडीमै आएर स्थलगत निरीक्षण गर्ने र समस्या समाधानमा पहल गर्ने मौखिक सहमतिसँगै खोलिएको हो। स्थानीय युवा अगुवा रवि भुर्तेलका अनुसार सामाजिक सञ्जालमार्फत अभियान चलाएर विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउने प्रयास गरिएको थियो।

    “हामीले फेसबुकमार्फत जनआह्वान गर्‍यौं— ‘हामी माडी वितरण केन्द्रमा जान्छौं, छलफल गरौं’। हामी गयौं पनि, तर छलफलबाट चित्त नबुझेपछि बाध्य भएर ताला लगाउनुपर्‍यो,” भुर्तेलले सेतो नेपालसँगको कुराकानीमा भन्नुभयो। उहाँले माडीमा विद्युत आपूर्ति अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गर्नुभयो। “पटक–पटक मौखिक रूपमा जानकारी गरायौं, ज्ञापनपत्र पनि बुझायौं, तर सुनुवाइ भएन। लाइन जानेबित्तिकै फ्रिजमा राखिएका खाद्यान्न बिग्रन्छन्, सिँचाइ ठप्प हुन्छ, अत्यधिक गर्मीका कारण सुत्नै नसकिने अवस्था छ। सुत्केरी महिला, वृद्धबृद्धा, विद्यार्थी र आम नागरिक सबै प्रभावित छन्,” उहाँको भनाइ छ। नेपाल विद्युत प्राधिकरण माडी वितरण केन्द्रका प्रमुख सुदर्शन पाण्डेका अनुसार हाल माडीमा विद्युत खपत १८० एम्पियरसम्म पुगेको छ। “हाम्रो पूर्वाधारले ८०–८५ एम्पियरको मात्र लोड धान्न सक्छ।

    क्षमताभन्दा दोब्बर माग भएपछि लाइन कटौती गर्नुपरेको हो,” उहाँले जानकारी दिनुभयो। हाल माडीमा भरतपुर वितरण केन्द्रबाट ३३ केभी लाइनमार्फत चनौली हुँदै विद्युत आपूर्ति भइरहेको छ। तर सो लाइनले हालको लोड धान्न नसकेको स्पष्ट पार्दै उहाँले समस्या समाधानका लागि समन्वय भइरहेको उल्लेख गर्नुभयो। यसबीच, माडीस्थित सञ्चारकर्मी पत्रकार दिप्ति विश्वकर्माले वर्षौंदेखि दोहोरिँदै आएको विद्युत समस्या समाधानतर्फ स्थानीय जनप्रतिनिधिहरूले आवश्यक ध्यान नदिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “पटक–पटक लाइन गइरहँदा पनि समाधानका लागि जनप्रतिनिधिहरू मौन रहँदा माडीबासी थप पीडित भइरहेका छन्। सिँचाइदेखि व्यवसाय, स्वास्थ्य र दैनिक जीवन हरेक तहमा यसले असर गरिरहेको छ,” वहाँले भन्नुभयो। “माडीबासीले वर्षौंदेखि दुःख भोगिरहेका छन्, अब यो समस्या समाधान हुनु अत्यावश्यक छ।”

    मौखिक सहमति भई ताला खोल्ने बेला इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रहरी निरीक्षक योगेन्द्र राई, माडी वितरण केन्द्रका प्रमुख सुदर्शन पाण्डे, अन्य कर्मचारीहरू तथा आन्दोलनमा संलग्न स्थानीय युवा र व्यापारीहरूको उपस्थिति रहेको थियो। माडीमा विद्युत सेवा जस्तो आधारभूत आवश्यकता लगातार अवरुद्ध हुँदा जनताको दैनिकी ठप्प भएको छ। स्थानीयहरूले समस्या तत्काल समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.