• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

खाद्य बस्तुमा कडा निगरानी गर्दै भरतपुर महानगर दर्जनौं पसलमा अनुगमन,ठुलो परिणाममा अखाद्य तेल नष्ट

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । आर्थिक बर्ष २०८२/०८३ शुरु भए सगै भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाइ निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको हो । महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुर क्षेत्रका विभिन्न पसलहरुमा कडा निगरानीका साथ अनुगमन गरेको छ । भरतपुर ४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो परिणाममा अखाद्य तेल नष्ट गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य प्रमुख प्रमोद चन्द्र पौडेलले चेकजाँच गर्दा तेल अखाद्य भएको पुष्टि भएको हुँदा नष्ट गरिएको बताए ।

    उक्त उद्योगमा सरसफाइ नभएको,खानेपानीको सुविधा नभएको,शौचालय र पाउरोटी बनाउने स्थान नजिकै भएको भेट्टिएपछी महानगरपालिकाले ५ हजार रुपैयाँ सरसफाइ स्वरुप जरिवाना गरेको हो भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने,सुधार नभए अर्कोपटक कडा कारवाही हुन्छ । महानगरपालिकाले भरतपुर ४ कै श्री लक्ष्मी नारायण चिउरा मिल र शिव पाउरोटी उद्योगमा पनि अनुगमन गरेको छ । महानगरले सोमबार नै भरतपुर ७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही अधिकाश पसलहरु दर्ता नभएको पाइएपछी अबिलम्ब दर्ता गर्न महानगरले अनुरोध गरेको छ ।

    बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको हो । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ । उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् ।

    सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । अनुगमनका क्रममा खाद्यान्न तथा खाद्यपदार्थको अनुगमन गर्दा उपभोक्ताले प्रस्ट देखिने गरी मूल्य सूची नराख्ने, मूल्य सूची अद्यावधिक नगर्ने, खाद्य र अखाद्य बस्तु एक स्थानमा राख्ने, म्याद गुज्रिएको, अखाद्य बस्तु मिसावट गरेको, मूल्य बढी लिएको, तौल कम भएको, भण्डारमा सरसफाइ नगरेको जस्ता गतिविधि भएको पाइएको छ। त्यसै गरी मासु, फलफूल तथा तरकारीजन्य पसलहरूको अनुगमन गर्दा सडे गलेको पदार्थ बेच्न राखेको, तौल कम भएको, फ्रिजिङ एवम् भण्डारण अव्यवस्थित भएको, सरसपाइमा ध्यान नदिएको र अधिकतम मूल्य भन्दा बढीमा बेचेको पाइएको छ ।

    चालू आर्थिक बर्ष देखि महानगरले नयाँ र फरक ढंगबाट बजार अनुगमन गर्ने निर्णय गरेको छ । जस अनुसार नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा रहेको उपभोक्ता हित सरक्षण समिति अन्तरगत विभिन्न ५ कार्यदल उप समितिहरु गठन गरि कार्य बाडफाड गरिएको छ । ती पाँच उपसमितिले सोमबार बाटै बजार अनुगमन फरक फरक समयमा फरक फरक तरिकाले गर्न शुरु गरिसकेका छन् ।

    स्वास्थ्य सेवा,शिक्षा सेवा,कृषि,पशुपन्छी(माछामासु,भेटेनरी,एग्रोभेट,दुग्धजन्य),खाद्य उद्योग,खाद्य सामाग्री,उपभोग्य सामाग्री, होटल र निर्माण सामाग्री ( घर तथा नक्सा ) कार्यदल उप समितिहरु गठन गरिएको छ । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.