• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् ।

    आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् । यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन् । विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन् । यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल ।

    भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन् । भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधि व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । औषधिको क्षेत्रमा अध्ययनसहित लामो समय काम गर्नुभएका पौडेल चिकित्सकबाट सिफारिस भईआएका औषधिको व्यवस्था गरी बिरामीलाई सक्दो सहयोग गर्ने काममा अहोरात्र खटिरहेका छन् । विसं २०६५ मा प्रेमबस्ती माविबाट एसएलसी उत्तीर्ण हुनुभएका पौडेलले ‘स्कूल अफ हेल्थ साइन्स’ भरतपुरबाट ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गर्नुभयो ।

    त्यसपछि ‘मेडिकल एण्ड टेक्निकल कलेज’बाट फार्मेसीमा स्नातक उत्तीर्ण गर्नुभयो । स्नातक गर्नुअघि नै विसं २०७२ देखि उहाँले भरतपुर अस्पतालको फार्मेसीमा जागिरेका रुपमा काम गर्नुभयो । अस्पताल विकास समितिको मातहतमा पाँच वर्ष सेवा गर्नुभयो । त्यसपछि जागिरबाट भन्दा आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोचेर उहाँले जागिर छोड्नुभयो । पाँच वर्षअघिदेखि भरतपुरको चौबीसकोठीमा साङ्घाई मेडिकल हल सञ्चालन गरेर पौडेलले व्यापार सुरु गर्नुभयो । योसँगै औषधिको होलसेल व्यापारका लागि फार्मेसी पनि सुरु गर्नुभयो । पौडेलले भन्नुभयो “जम्मा रु पाँच लाख लगानी गरेको मेडिकलमा अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।”

    फार्मेसीमा विज्ञता हासिल गरेकाले उहाँकोमा धेरै बिरामी औषधि किन्न आउँछन् । त्यसो त अरु फार्मेसीमा डाक्टरले लेखेको नबुझेपछि पुर्जा (प्रेस्क्रिप्सन) बोकेर बिरामी आफूकहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । पौडेलले भन्नुभयो, “नेपालका ७७ जिल्ला र भारतमा लेखिएका पुर्जा समेत बोकेर म कहाँ औषधि लिन आउँछन् ।” अन्यत्र नपाइने औषधि आफूकहाँ रहेकाले पनि बिहान सबेरैदेखि राति अबेरसम्म औषधि किन्नेको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “म कहाँ नेपालका जुनसुकै डाक्टरले लेखेको औषधि पाइन्छ, अपवादबाहेक कोही पनि रित्तो हात फर्कनुपर्दैन ।” औषधिको ‘होलसेल’ व्यापारमा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

    उहाँको औषधि पसलबाट १५ वटा नेपाली उद्योग र सात वटा भारतीय उद्योगको थोक व्यापार हुने गरेको छ । पौडेलले भन्नुभयो, “नेपालमा विशेषगरी प्राविधिक विषय पढेकाहरु विदेश जानुपर्दैन, लगानी र कामका लागि यही नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, स्वदेशमै उद्यम गरी रोजगारीको वातावरा निर्माण गरौँ, यसैमा हामी सबैको कल्याण छ ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.