• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नारायणी ’सिग्नेचर ब्रिज’: २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी,कहिलेदेखि सुरु हुन्छ काम ?

  •   बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
  • सिग्नेचर पुलको सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ

    चितवन । चितवन र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’को हालसम्म डिजाइन नै तयार हुन सकेको छैन । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले २७ महिनासम्म डिजाइन नै तयार गर्न नसकेको हो । २०८० वैशाख दोस्रो साता ठेक्का पाएको तुँदी कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाइनकै काम गरिरहेको छ । ४८ महिना (चार वर्ष) मा निर्माण सम्पन्न गर्नेगरी १ अर्ब ६८ करोडमा तुँदीसँग सम्झौता भएको थियो ।

    जसमा १२ महिनाभित्रै पुलको डिजाइन तयार गर्ने र ३६ महिनामा निर्माण गर्ने सम्झौता थियो । तर, सम्झौता भएको २७ महिना बितिसक्दा पनि तुँदी कन्स्ट्रक्सनले सडक विभागमा डिजाइन पेस गरेको छैन । एक वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गरेका थिए । पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमै लागेको थियो । पुल निर्माण गर्न १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    अत्याधुनिक पुल निर्माण हुने भएकाले डिजाइनमा समय लागेको सडक डिभिजन भरतपुरका ई. अर्जुन घिमिरेले बताए । चिनिया प्रोफेसरले नै डिजाइन हेरिरहेको र साउन अन्तिमसम्म डिजाइन बुझाउने कन्ट्रयाक्टरले जानकारी दिएको उनको भनाइ छ । ‘पुलको डिजाइन बनाउने काम भइरहेको छ । निकै जटिल खालको डिजाइन भएकोले केही समय लागेजस्तो देखिएको हो,’ उनले भने, ‘यही साउन अन्तिमसम्म डिजाइन तयार गरेर पेस गर्ने कन्स्ट्रक्सन कम्पनीको भनाइ छ ।’ पुलको डिजाइन निर्माण कम्पनीले नै गर्ने छ । नयाँ बन्ने सिग्नेचर पुल हाल नारायणीमा सञ्चालन भइरहेको ४२० मिटर लम्बाइकै हुनेछ । पुलको चौडाइ फुटपाथबाहेक साढे सात मिटर र साढे तीन मिटरको हुनेछ ।

    बिचमा २१० मिटरको दुरीमा दुइटा मुख्य पिल्लर खडा गरेर आकर्षक सिग्नेचर डिजाइनमा पुल निर्माण गरिने सम्झौतामा उल्लेख छ । ‘डलब पाइलन केबल स्टेड ब्रिज’ टाइपमा निर्माण हुने उक्त पुलको डिजाइन चीनको टोन्जी विश्वविद्यालयका प्रोफेसर डा. देवेई चेनले रिभ्यू गरिरहेका छन् । अहिले कर्णालीमा निर्माण भएको पुलजस्तै बन्ने यो पुलमा दुई पाइलन अर्थात् दुई ठाउँमा खम्बा हुनेछन् । पुलको डिजाइन रिभ्यू भइरहेको र डिजाइन पेस गर्ने अन्तिम स्टेजमा रहेको सडक विभाग पुल महाशाखा प्रमुख तथा उपनिर्देशक ललिजन खनालले बताए । ‘धेरै नै समय लगाएपछि हामीले जसरी पनि यही साउनभित्रै डिजाइन पेस गर्न निर्देशन दिएका थियौं साउनभित्रै डिजाइन पेस नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएका थियौं,’ उनले भने, ‘अहिले डिजाइनको रिभ्यू फाइनल स्टेजमा पुगिसकेको छ । सम्भवतः साउन अन्तिमसम्म पेस भएपछि भदौ महिनाभित्रै हामीले डिजाइन पास गरिसक्नुपर्छ ।’

    नारायणीमा पुल निर्माणका लागि बजेट अभाव नभएकोले काम तीव्र रूपमा अगाडि बढाइने उनको भनाइ छ । भदौभित्र जसरी पनि विभागले पुलको डिजाइन स्वीकृत गरिसक्ने उनले बताए । पूर्वपश्चिम राजमार्गमा बन्ने पुलले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोड्नेछ । हाल नारायणी नदीमा रहेको एक मात्र पुल करिब ४४ वर्ष पुरानो भइसकेको छ । २०३८ सालमा नारायणी नदीमा पुल निर्माण गरिएको थियो । ४४ वर्ष पूरानो नारायणी नदीमा रहेको पुल अहिले जीर्ण हुँदै गएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.