• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु

  •   शनिबार, साउन १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाल आयल निगमले चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरेको छ। बाराको अमलेखगन्जदेखि लोथरसम्म पाइपलाइन विस्तार गर्ने परियोजनाअन्तर्गत शुक्रबार  लोथरमा फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पाइपलाइन विस्तार कार्यको औपचारिक सुरुवात गरिएको हो। राप्ती नगरपालिका–१ स्थित लोथरको करिब २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ। नेपाल आयल निगमले जानकारी दिएअनुसार भारतको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाट लोथरसम्म पेट्रोलियम पदार्थ पम्पिङ गरिनेछ।

    ६२ किलोमिटर दूरीमा १०.७५ इञ्च व्यासको पाइपलाइन बिछ्याइनेछ। परियोजना प्रमुख प्रदीपकुमार यादवले सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै अब कार्यान्वयन सुरु भएको जानकारी दिनुभयो। “भोलिबाट सडक निर्माण, समन्वय लगायतका कार्य थालिन्छ,” उहाँले भन्नुभयो, “तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं।” पाइपलाइनबाट ढुवानी गर्दा वातावरणमा असर कम हुने, चोरी र मिसावट रोकथाम हुने भन्दै यादवले परियोजनाले स्थानीयलाई रोजगारीको अवसर समेत दिने उल्लेख गर्नुभयो। परियोजना कार्यान्वयनमा स्थानीयको पूर्ण साथ रहने प्रतिवद्धता निगमले जनाएको छ।

    निगमका उपनिर्देशक रामहरि निरौलाले परियोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै ट्याङ्कर ढुवानी क्रमशः विस्थापित हुँदै जाने बताए। राप्ती–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले यसलाई चितवनकै गौरवको आयोजना उल्लेख गर्दै स्थानीयमा खुसी छाएको बताए। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन आपूर्ति गर्न सकिने सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिनुभयो। पूर्व–पश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिने जनाइएको छ। जुनसुकै समयमा ३२०० किलोलिटर इन्धन भण्डारण रहनेछ।

    लोथरमा बन्ने टर्मिनलमा पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुईवटा, तथा हवाई इन्धनका लागि ३६०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्क निर्माण गरिनेछ। पाइपलाइनसहित भण्डारण गृह निर्माणको अनुमानित लागत करिब १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। भारत भ्रमणका क्रममा २०८१ जेठमा भएको सम्झौता अनुसार अमलेखगन्ज–लोथर पाइपलाइन तथा डिपो निर्माणको सहमति भएको थियो। गत असोज १७ गते इण्डियन आयल कर्पोरेशन (आईओसी) र नेपाल आयल निगमबीच बिटीयूबी सम्झौता भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिएको छ।

    सम्झौताअनुसार ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याइनेछ। यसअघि मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ किलोमिटर अन्तरदेशीय पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो। प्रारम्भमा डिजेल र मट्टितेल आयात भएपनि हाल पेट्रोल पनि पाइपलाइनमार्फत ल्याउन थालिएको छ। परियोजना सम्पन्न भएपछि देशको पश्चिमी र उत्तरी क्षेत्रमा इन्धन आपूर्ति थप सहज हुने विश्वास लिइएको छ। उल्लेखनीय छ, विसं २०२७ मा नेपाल आयल निगमको स्थापना गरिएको थियो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.