• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

महिला नेतृत्वले सम्हालेको माडी नगरपालिका

  •   आइतबार, साउन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको माडी नगरपालिकामा प्रमुख कार्यकारी पददेखि साना पदसम्म महिला नेतृत्वले सञ्चालन गर्दै आएको छ । पालिकाको प्रमुख महिला रहनु भएको छ भने विभिन्न विभागदेखि वडा अध्यक्षसम्म महिला नेतृत्वले धाने पालिका बनेको छ माडी नगरपालिका । महिलाको नेतृत्वमा प्रशासन सञ्चालन सफल हुन्छ र भन्ने नेपाली समाजमा माडी नगरपालिकाले राम्रो काम गरेर जवाफ दिएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले भन्नुभयो, “हाम्रो समाजले अझैपनि महिलाको नेतृत्वलाई राम्रोसँग स्वीकारेको अवस्था छैन । यस्तो समयमा पनि महिला नेतृत्वले स्थानीय सरकार कुशलतापूर्व सञ्चालन गरेर देखाएको पालिका माडी हो ।”

    उहाँले भन्नुभयो, “मैले उपप्रमुख भएर काम गरे । अहिले प्रमुख भएर काम गरिराखेको छु । काम गर्ने इच्छा शक्ति भएमा लैङ्गिक अवस्थाले रोक्दैन ।” जिल्लाको सात पालिका मध्य दुई वटामा महिलाको नेतृत्व छ । ती पालिकाले राम्रो काम गरेर देखाएको छ । भरतपुर महानगरपालिकाको नेतृत्व महिलाको छ । माडी नगरपालिका म आफैँ महिलाको नेतृत्व छ । हामीले पालिकाले उदाहरणीय काम गरेर देखाउदै आएका छौँ । उहाँका अनुसार रोजगार संयोजकमा प्रमुख महिला, उद्यम विकास शाखा प्रमुख, सामी कार्यक्रम प्रमुख, मनोसामाजिक परामर्शकर्ता प्रमुख, सामाजिका विकास शाखा प्रमुख सवैमा महिलाको नेतृत्व रहेको छ ।

    सवैको काम उत्कृष्ट रहेको पालिका प्रमुख महतोले बताउनुभयो । पालिकाको प्रमुख मात्र होइन नौ वटा वडा रहेको यस पालिकामा आठ वटा वडामा महिला सचिवले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँहरुको कामबाट आफू अत्यन्तै सन्तुष्ट भएको प्रमुख महतोले बताउनुभयो । लैङ्गिक कारणले केही फरक पर्दैन उहाँहरुमा काम गर्ने दक्षता क्षमता रहेको छ त्यही क्षमता प्रस्तत गरेर काम गर्नु भएको छ हामीलाई कुनै समस्या छैन महतोले भन्नुभयो । नौ वटा वडा रहेको माडी नगरपालिकामा एउटा वडा मात्र महिलाले अध्यक्षमा नेतृत्व सम्हाल्नु भएको छ । वडा नंं ७ को अध्यक्ष चन्द्रकुमारी बानियाँले भन्नुभयो, “महिला भएकै कारण काम गर्न समस्या भएको छैन ।

    कहिलेकाही विहान वेलुका राति कुनै घटना भएको वेला पुरुष सरह छिटो जानलाई भने समस्या पर्ने गरेको छ । अन्य अवस्थामा काम गर्नको लागि कुनै व्यवधान भएको छैन ।” अन्य पालिकाका वडा अध्यक्ष पुरुष हुनुुहन्छ उहाँहरुले गर्ने काम र मैले गर्ने काम एउटै हो जनप्रतिनिधि भएपछि जनताको काम गर्ने हो वडाको विकास, निर्माण जनताको प्रत्यक्ष सरोकारका काम सम्पन्न गर्दै आएका छौ वडा अध्यक्ष वानियाँले भन्नुभयो । विवाद समाधान, योजना तर्जुमा, आपतकालिन अवस्था, निकुञ्जको जनवारको जोखिमता, रिउ खोलाको कटान लगायतका काममा जनताको घरघरमा पुगेर काम गरेको छु । जनतालाई पुरुष र महिलाको नेतृत्वमा हुने कुनै फरक पर्ने नदेखिएको उहाँको भनाइ छ ।

    वडा नं. ४ का वडा सचिव सुशिला दाहालले भन्नुभयो, “वडाका काम लिएर आउने सेवाग्राहीले सचिव ज्यु कता जानु भएको छ भनी मलाई नै सोध्ने गरेका छन् । सचिव म नै हो भन्दा सर हुनुहुन्न र भन्नु हुन्छ । सचिव भनेको पुरुष हुनु पर्छ भन्ने मान्यता अझै कायम रहेको पाएको छु ।” म मात्र होइन पालिकाको वडा नं. १ बाहेक अन्य सवै वडामा महिला सचिव हुनुहुन्छ उहाले भन्नुभयो । हामी कार्यालयको काम गरिसकेपछि साथीभाई भनेर लामो समय बाहिर बस्दैनौ काम भए अवेला सम्म बस्छौ काम नभए घर जान्छौ फरक यती हुने गर्दछ । पुरुष हुनु भयो भने साथीभाइ भनेर कार्यालय समय बाहेकको समयमा बसेर समय बिताउनु हुन्छ हामीमा त्यो बानी हुँदैन दहालले भन्नुभयो ।

    भरतपुर वडा नं. ६ स्थायी घर भएको उहाँले भन्नुभयो, ‘‘आफ्नै साधनमा भरतपुरबाट माडी जाँदा निकुञ्जको पोष्टमा चालक र साधन नम्बर लेखाउदा पुरुष चाकल खोज्नु हुन्छ ।’’ तर आफैँ गाडी चालक हो भन्दा सुरक्षार्थ सेनाले पत्याउनु हुन्छ दाहालले भन्नुभयो । काम गर्दै जादा पुरुषले गर्ने काम महिलाले गरेको भन्दा सुरुमा पत्याउन गाह्रो हुने अवस्था भने अहिले पनि नभएको उहाले बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.