• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टिबाट भूजडितमा रूपान्तरण गर्ने संकल्प

  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आवाजा (तुर्कमेनिस्तान)। प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गरेका छन्। उनले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने संकल्प पनि प्रस्तुत गरे। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गरे।

    जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टित मुलुक प्रताडित भएको उल्लेख गर्दै उनले डिजिटल अर्थतन्त्रमा अग्रसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ संकल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताए। उहाँले बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने नवीकृत र बलियो विश्वव्यापी साझेदारी, सबै तहमा समन्वयात्मक कार्य गर्न भूपरिवेष्टित मुलुकलाई सुझाव दिए।

    ‘मलाई दृढ विश्वास छ, सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ यी मुलुकले भूपरिवेष्ठितबाट भूजडितमा, पारवहन आश्रितबाट व्यापार प्रतिस्पर्धी र जलवायु जोखिमपूर्णबाट जलवायु अनुकूलनमा रूपान्तरण गर्न उत्कृष्टता प्रदर्शन गर्नेछन्,’ उनले भने, ‘हामीले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु अनुकूलनका नीति लिएर समानता, समावेशीकरणसहित साझा अवसरको लागि मार्ग समात्नुपर्नेछ।’ भूगोलकै आधारमा अब कुनै पनि मुलुकको भाग्य निर्धारण हुन नहुने भन्दै बलियो साझेदारी, स्मार्ट लगानी र अटल सामूहिक इच्छाशक्तिको साथ आफूहरूले भूपरिवेष्ठितताका सिमितता पार गर्न सकिने प्रधानमन्त्री ओलीको विश्वास छ। ‘विकासको खाडललाई कम गर्न क्षेत्रीय एकता र विश्वव्यापी सहयोग महत्त्वपूर्ण हुन्छ भन्ने विश्वास हामीलाई छ।

    हामी हाम्रा छिमेकी भारत र चीनसँग मिलेर धेरै क्षेत्रहरूमा कनेक्टिभिटी र सहकार्य बढाउन काम मिलेर गरिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विश्वस्त छौँ कि हाम्रा छिमेकी भारत र चीन तथा व्यापक अन्तरराष्ट्रिय समुदायको निरन्तर समर्थनले, हामी भूपरिवेष्ठितताको अवरोधलाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्नेछौँ।’ उनले भूपरिवेष्टित मुलुकको परिवारको सदस्यका रूपमा सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्दै यस रूपान्तरणको लाभग्राही मात्र नभइ एक साझेदारका रूपमा नेपाल रहने बताए। उनले नेपालले ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन गर्दै यसलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई जोडर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी मलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सम्बोधनको क्रम जारी रहेको छ। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता पनि गर्नेछन्।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.