• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन राष्ट्रिय निकुञ्ज वर्षे सुरक्षामा जुट्यो

  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्जभित्रको संवेदनशील ३० ठाउँमा ‘स्पाई क्यामरा’ जडान गरिएको छ ।

    नियमित रूपमा क्यामरामार्फत वरपरको अवस्थाका बारेमा नियमन गर्ने काम भइरहेको उनले बताए । निकुञ्जभित्र सडक सञ्जाल बिग्रने भएकाले यो समयमा पर्यटकका लागि जिप सफारीसमेत बन्द गरिएको जनाउँदै उनले झाडी बढ्ने भएकाले पैदल र गाडीबाट कतिपय ठाउँमा गस्ती गर्न कठिन हुने भएपछि ती ठाउँमा अधिकतम हात्तीको प्रयोग गर्न थालिएको उल्लेख गरे। “निकुञ्जभित्र ५८ वटा पोष्ट छन् । ती पोष्टमा निकुञ्जको सुरक्षार्थ खटिएका नयाँ गोरख गणका सेना र निकुञ्जका कर्मचारी बस्छन् ।

    करिब आधा पोष्टमा सुरक्षाका लागि हात्ती राखिएको छ । ती हात्तीमार्फत निकुञ्जमा गस्ती गरिन्छ”, सूचना अधिकारी मगरले भने । अहिले हात्ती र डुङ्गाको गस्ती बढाइएको उनको भनाइ छ । “राप्ती र नारायणी नदीमा डुङ्गामार्फत गस्ती गरिन्छ । रात बिताउने गरी गस्ती गरिने ठाउँहरू यो समयमा बढाइएको छ । यसलाई ‘एम्बुस’ भनिन्छ । यो टोली मचानहरूमा बसेर निकुञ्जको सुरक्षा गर्छन्”, मगरले भने। दैनिक रूपमा पैदल, साइकल, कतिपय अवस्थामा मोटरसाइकल र गाडीबाट गरिने नियमित गस्ती निरन्तर भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । यसका अतिरिक्त मध्यवर्ती क्षेत्रमा स्थानीय उपभोक्ता समिति र चोरीशिकार नियन्त्रण युवा समूहमार्फत चोरीशिकार नियन्त्रणको काम भइरहेको थापामगरले जानकारी दिए ।

    उनका अनुसार ड्रोनमार्फत पनि खुल्ला ठाउँहरूमा गस्ती भइरहेका छन् । यो निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुका लागि प्रख्यात मानिन्छ । यहाँ बाघ र गैँडा हेर्न स्वदेश तथा विदेशबाट पर्यटक आउने गर्दछन् । वर्षात्को समयमा सामुदायिक वनहरूमा मात्रै जिप सफारी हुने गर्दछ । निकुञ्जमा मानव चहलपहल कम भएको बेला चोरीशिकारी बढ्न सक्ने भन्दै निकुञ्जले सुरक्षा रणनीतिलाई फरक ढङ्गले परिचालन गरेको हो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.