• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सौराहामा फेला पर्‍यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’

  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपालमा अति नै दुर्लभ मानिएको पुतली ‘चाँदी धर्से बबुलपरी’ चितवनको पर्यटकीय क्षेत्र सौराहामा फेला परेको छ । नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङको सहलेखनमा गत वर्ष मात्रै फिल्ड गाइड, बटरफ्लाईज अफ चितवन, नेपाल नामको किताब प्रकाशित भएको थियो । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो । सुरुमा नेचर गाइड रोजन सुवेदीले सौराहाको चितवन निकुञ्ज गेटअगाडि यो पुतली देखेका थिए ।

    त्यसलगत्तै टेकबहादुर गुरुङ, मिलन तमाङ, विशाल लामा र बासु बिडारीसहित गएर यो पुतली हेरेर फोटोसमेत खिचेका हुन् । ‘मैले हाम्रो समूहमा रहेका स्वदेशी–विदेशी पुतली विज्ञहरूलाई तस्बिर र भिडिओ पठाएँ । उहाँहरूले यो पुतली नेपालका लागि अति नै दुर्लभ भएको बताउनुभयो,’ टेकबहादुर गुरुङले भने । पोखराका पुतली विज्ञ साजन केसी र सुरेन्द्र परियार तथा नेदरल्यान्ड्सका पिट भेनको टोलीले यसको थप पहिचान र पुष्टि गरेको गुरुङले जानकारी दिए । नेपालमा ‘पुतली बाजे’ भनेर प्रख्यात कोलिन स्मिथले सन् १९७४ मा मकवानपुरमा पहिलो पटक यो पुतली रेकर्ड गरेका थिए । त्यसको ५१ वर्षपछि दोस्रो पटक चितवनमा यो पुतली भेटिएको गुरुङको दाबी छ । यसको वैज्ञानिक नाम जिनास्पा टोडरा भएको उनले बताए ।

    अंग्रेजीमा यसलाई सिल्भर स्ट्रिक्ड एमासिया ब्लु भनिन्छ । ‘पहिलो पटक रेकर्ड भएको ५१ वर्षपछि दोस्रो पटक चितवनमा यो अति नै दुर्लभ मानिएको पुतली देखा पर्‍यो । सौराहा आडमा यसरी दुर्लभ पुतली देख्दा चितवनवासी संरक्षणकर्मीहरू गौरवान्वित छन्,’ गुरुङले भने । नेपालमा ६९२ प्रजातिका पुतलीहरू भेटिँदा चितवनमा मात्रै ३१२ भन्दा धेरै पुतलीहरू रहेको गुरुङले बताए । पानीको राम्रो स्रोत भएको, विविध खालका वनस्पति भएको ठाउँमा नै धेरै पुतली हुन्छन् भन्ने विश्वास राख्ने गुरुङका अनुसार पुतली स्वस्थ वातावरणको सूचक हुन् । रंगिबिरंगी पुतलीहरू देख्दा मनै आनन्दित हुन्छ । खेतीमा पराग–सेचनका लागि पनि पुतलीको भूमिका हुन्छ । यसका साथै, पुतली मात्रै हेर्न भनेर विदेशबाट पर्यटकसमेत आउने गरेका कारण पर्यटनमा पनि यसको महत्त्व रहेको गुरुङले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.