काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।








