• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनका साजन अधिकारी छानिए ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा

  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अथक एवम् पृथक पहलबाट आफ्नो समुदायमा रचनात्मकता प्रदर्शन गरेका तथा शैक्षिक उपलब्धिभन्दा माथि उठेर समाजमा सकारात्मक प्रभाव पार्ने १३ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई पहिचान गरी सशक्त बनाउन गोल्छा ग्रुपद्वारा हरेक वर्ष सञ्चालन गरिने ‘ग्लोकल टीन हिरो’को २०२५ को ११औँ संस्करणमा ‘२० वर्षमुनिका २० जना’मा चितवनका युवा अभियन्ता साजन अधिकारी चयन भएका छन् ।

    किशोर–किशोरीहरूलाई सुखसयलको भोगभन्दा माथि उठेर उद्यमशील सोच राख्न र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिने उक्त मञ्चमा सूचना प्रविधिमार्फत दिगो विकासको लक्ष्य प्राप्तिका लागि विविध क्रियाकलाप सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१४ का अधिकारी यसपटक चितवनबाट छनोट भएका हुन् ।

    ११औँ संस्करणमा प्रतिस्पर्धा गर्न देशभरबाट आवेदन दिएका ७ सय ८६ जनामध्ये उनी २० जनाभित्र पर्न सफल भएका हुन् । आवेदकहरूले समाजमा पुर्‍याएको योगदानको समीक्षापश्चात ती २० जना छनोट भएका हुन् । आयोजकले आवेदकहरूबाट पेस भई दाबी गरिएका तथ्यउपर विस्तृत समीक्षा गरी अन्तिम २० जनाको नाम सार्वजनिक गरेको हो ।

    प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षणसम्बन्धी क्रियाकलाप, कला क्षेत्र र स्वास्थ्य सचेतनासम्बन्धी अभियान सञ्चालन गरेका देशभरका आवेदकहरूबाट छानिएका २० जना मध्येका साजन अधिकारी विशेषतः सूचना प्रविधिमार्फत देश तथा विदेशमा सचेतता फैलाउन प्रयासरत किशोर हुन् । उनले सञ्चालन गरेको ‘इनिसिएसन लक्ष्य’ले नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, जाम्बियालगायतका देशमा साइबर सुरक्षाबारे दिगो विकास लक्ष्यको अभियान सञ्चालन गरिरहेको छ ।

    आयोजकले यी २० जना मध्येबाट छ जना चुन्नेछ । फाइनलका लागि चुनिएका छ जनाबीच स्पर्धा हुनेछ । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीबाट भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण उनले विश्वप्रसिद्ध ‘टेड’अन्तगर्त ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ इभेन्टको मुख्य आयोजककर्ता भई ‘लाइसेन्सी’को भूमिका निर्वाह गरेका थिए । उक्त इभेन्टमा सात जना वक्ताले ‘टेडएक्स टक’ गरेका थिए । काठमाडौँ उपत्यकाबाहिर विद्यालयस्तरमा नेपालमै पहिलोपटक आयोजित उक्त इभेन्टका सातवटै भिडियो ‘टेडएक्स’ मा अपलोड हुन सफल उनले बताए ।

    अध्ययन सँगसँगै अतिरिक्त क्रियाकलापमा विशेष दख्खल राख्ने उनी विद्यार्थी गुणीय चक्र (एसक्युसी) चितवन हवका सचिवसमेत हुन् । विद्युतीय साक्षरता, युवा सशक्तीकरण र शिक्षाको सहज पहुँचका लागि क्रियाशील उनी नेपाल स्काउटको रोभर तथा स्क्र्याबलको मेन्टर पनि हुन् । उनले विश्वकै सबैभन्दा धेरै विद्यार्थी भएको सिटी मन्टेश्वरी स्कुल लखनउबाट ‘कोफास’मा कम्युटर भाइरससम्बन्धी सचेतना फैलाउने गेम निर्माण गरी दोस्रो स्थान हासिल गरेका थिए ।
    युवाहरूलाई डिजिटलरूपमा सक्षम, मानसिकरुपमा सुदृढ र सामाजिकरूपमा जिम्मेवार बनाउन अनवरत प्रयास गरिरहहेका अधिकारी विश्वप्रसिद्ध ‘कोर्ष प्रोभाइडर’ ‘कोर्सेरा’ले ‘रिकोग्नाइज’ गरेका हालसम्म नेपालका एक जना मात्र व्यक्ति हुन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.