चितवन । राप्ती नगरपालिका ६ हर्दीमा सोमबार साँझ साढे छ बजे भएको सवारी दुर्घटनाबाट मृत्युहुनेहरुको पहिचान खुलेको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले सोहि दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००२ प ११८ नम्बरको मोटरसाइललाई पछाडिबाट ठक्कर दिँदा राप्ती– ५ का ३० बर्षीय नवराज दनै र सोहि ठाउँका २२ बर्षीय सचिन दनैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको उनले बताए । ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनालाई लिएर स्थानियहरुलाई पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थल अझै पनि तनावग्रस्त रहेको छ भने बाटो खुलाउन ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ








