• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनमा कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै

  •   मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनमा पछिल्लो समय कृषिमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो । अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उहाँले भन्नुभयो, “सरकारी अनुदान नपाउनेले आफँैले किनेर पनि उपकरण प्रयोग गर्न थालेका छन् ।” यन्त्रको प्रयोग गर्दा मजदूर खर्च ६० प्रतिशत बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उहाँले जानकारी दिनुभयो । बीउ राख्नका लागि सिडर, रोप्नका लागि ट्रान्सप्लान्टर, काट्नका लागि रिपर र कम्बाइन हारबेस्टर र पराल उठाउनका लागि बेलरको प्रयोग हुँदै आएको छ। कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना अझै पनि कृषकहरुले उपकरण प्रयोग गर्दा आफूले पनि काम गर्नुपर्ने भएकाले झन्झट मानेको बताउनुहुन्छ । उहाँ पूरै काम गर्ने गरी खर्च बढी भए पनि मजदूर लगाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यन्त्रको प्रयोग बढेको छ तर अपेक्षाकृत अझै बढ्न सकेको छैन ।” उहाँका अनुसार, स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् । कृषकले यो अनुदानलाई ९० प्रतिशतसम्म दिनुपर्ने माग गर्ने गरेको छन् । तराई ÷मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि नै जोत्नका लागि ट्र्याक्टरको प्रयोग हुने गरेको थियो । पछिल्ला वर्षमा अन्य उपकरणसमेत प्रयोग हुन थालेको परियोजना प्रमुख तिमिल्सनाले जानकारी दिनुभयो । सबै कृषकलाई उपकरणका बारेमा ज्ञान नभइसकेकाले ठूला चक्लाबन्दी फर्महरुमा सामूहिकरुपमा तालीम दिन सकेमा यन्त्रीकरणको प्रयोग बढ्दै जाने उहाँको भनाइ छ । सानासाना जग्गा र सहज उपकरण नपाउँदा पनि कृषकले यसको उपयोग कम गरेको पाइन्छ । सरकारी अनुदान हुँदा पनि धेरै रकम आफैँले लगानी गर्नुपर्दा जति आकर्षण हुनुपर्ने हुन नसकेको कृषकहरु बताउँछन् । जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको बृहस्पति आधुनिक कृषि फर्मका सल्लाहकार मित्रराज दवाडी यन्त्रीकरण बढाउनका लागि सरकारको अनुदान ९० प्रतिशत हुनुपर्ने सुझाव दिनुहुन्छ । वर्षमा एक महिना धान रोप्ने प्लान्टर खरिद गर्न रु २५ लाख खर्च हुने जनाउँदै उहाँले वर्षभरि नै उपकरणको प्रयोग नहुने भएकाले लागत मूल्य बढी पर्ने बताउनुभयो । उहाँले धान रोप्ने, काट्ने, झाट्ने, गहुँ छर्ने र काट्ने उपकरणबाटै गर्दै आएको जानकारी दिनुभयो । जमीनलाई चक्लाबन्दी गरेर एकीकृत रुपमा यन्त्रीकरण प्रयोग गरी खेती गरेमा उत्पादन बढाउन र लागत घटाउन सकिने उहाँको भनाइ छ । अहिले नेपालमा भित्रिएका उपकरण सस्ता र कम टिकाउ हुने उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका दवाडीले लामो समय टिक्ने र राम्रा उपकरण भित्र्याउनुपर्ने सुझाव दिनुभयो । जिल्लाका पूर्व, पश्चिम र माडी क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । प्रदेश सरकारले चक्लाबन्दी खेती गर्ने कृषकलाई यन्त्रीकरण र अन्य कामका लागि अनुदान दिँदै आएको छ । अनुदान पाएसँगै यन्त्रको प्रयोग बढ्दै गएको हो । पुरातन खेती प्रणालीमा लागत मूल्यसमेत नउठ्ने भएपछि युवा पुस्ता यन्त्रीकरणतर्फ आकर्षित भएका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.