• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

त्रि–दिवसीय अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ–२ कार्यक्रममा छ विषयवस्तुमा बहस हुँदै

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरू हुने त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शनिबारदेखि सुरू हुने भएको छ । बिहीबार विद्यालयमा ‘प्रेस मिट’को आयोजना गरी कार्यक्रमबारे जानकारी दिइयो । कार्यक्रममा काठमाडौँ, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लाका विभिन्न विद्यालयका २४० विद्यार्थीहरुको सहभागिता रहनेछ । संयुक्त राष्ट्रसंघका छवटै कमिटीको प्रतिनिधित्व हुनेगरी आयोजना गर्न लागिएको उक्त नमुना कार्यक्रममा विभिन्न देशका प्रतिनिधिको रुपमा विद्यार्थीहरु सहभागी हुने र उनीहरुले विविध समस्याका बारे छलफल गरी ती समस्याहरुको समाधान सुझाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा सहभागी कक्षा ११ का विद्यार्थी मीनाकुमारी सापकोटाले जानकारी दिइन् ।

    संयुक्त राष्ट्रसंघका छ कमिटीमध्ये एउटा ‘युनिसेफ’को प्रतिनिधित्व गर्ने कक्षा १२ का विद्यार्थी विशाल सापकोटाले आफूले ‘युद्धग्रस्त स्थलमा बालबालिकाको सुरक्षा’ विषयमा आफूहरुले अध्ययन÷अनुसन्धान गर्ने बताए । त्यसका लागि छलफलबाट पारित तथ्यलाई बाहिर ल्याइने उनले जानकारी दिए । प्रेस मिटमा सहभागी विद्यार्थीहरु आकर्षा सापकोटा र सेजल पौडेलले कार्यक्रमको लक्ष्यबारे बोलेका थिए ।

    विद्यालयका प्राचार्य सुमन पौडेलले नमुना कार्यक्रमले विद्यार्थीमा सोध गर्ने बानीको विकास हुने र उनीहरुमा विश्वव्यापी समस्याका बारेमा जानकार रहन सहयोग पुग्ने बताए । ‘यो च्याट जिपिटीको जमानामा क्षणिक प्रस्तुतीकरणका लागि सहज भएपनि त्यसले शोधकर्ताको क्षमता अभिवृद्धि नहुने तर यस्ताखाले स्रोत उल्लेख गरेर गरिने शोधहरुले विद्यार्थीको शोध कार्यलाई जीवन्त बनाउन सहयोग पुग्ने बताए । उनका अनुसार चितवनमा अन्य विद्यालयसँग सहकार्य नगरी गरिएको अङ्कुरम् एकेडेमीको यो दोस्रो कार्यक्रम हो ।

    ‘चितवनमा अन्यत्र पनि विद्यालयहरुले अन्य विद्यालयसँग सहकार्य गरी यस्तो नमुना कार्यक्रम गरिएका छन्, तर विद्यालयको एकल प्रयासमा भएको यो चितवनको दोस्रो शृङ्खला हो’, उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत चारवटा सामुदायिक विद्यालयका आठ जना विद्यार्थीलाई निःशुल्करुपमा सहभागी बनाउन लागिएको उनले जानकारी दिए ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुले राष्ट्रसंघका छवटा कमिटीहरु जनरल एसेम्ब्ली, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, अन्तर्राष्ट्रिय न्यायिनक अदालतलगायतका सम्पूर्ण कमिटीको प्रतिनिधित्व गर्ने, आ–आफ्नो कमिटीको विषयउपर अध्ययन, अनुसन्धान गर्ने, त्यसमाथि छलफल गर्ने र अध्ययनको तथ्यलाई संकल्पका रुपमा बाहिर ल्याइने बताइयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.