• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम, युएनका ६ वटा कमिटीद्वारा छवटा संकल्प प्रस्ताव पारित

  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघ का छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।

    नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने । अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।

    कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।

    त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवद्र्धन गर्ने प्रस्ताव पास गरिएको छ ।

    युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै, शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनस्र्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरे को कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षण मार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.