चितवन । प्रहरीले जिल्लाका पहाडी क्षेत्रमा करिब ५० विगाहा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । राप्ती नगरपालिकाको वडा नं. ११, १२ र १३ का विभिन्न ठाउँमा लगाईएको गाँजा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मसिंर ६ गतेदेखि ८ गतेसम्म ७१ जना सुरक्षाकर्मी परिचालन गरी नष्ट गरिएको हो । सो क्रममा ३६ लाख गाँजाका विरुवा नष्ट गरिएको जनाईएको छ । राप्ती नगरपालिका वडा नं. ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं. १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका स्थानमा लगाईएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो । फाडानी कार्यमा दुई जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र एक जना प्रहरी निरीक्षक सहित २१ सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । सो क्रममा गाँजाले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर, कानुनी कारवाही लगायतका विषयमा स्थानीयसँग अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताउनुभयो ।








