काठमाडौँ । पछिल्लो समय सेयर बजार पनि लगानीको राम्रो क्षेत्रको रुपमा उदाइसकेको छ । यो बजारको बारेमा सामान्य जानकारी मात्र पाएमा झिनो रकमबाट लगानीको प्रतिफलसंगै थुप्रै अनुभव पनि बटुल्न सकिन्छ । यो कुराको ज्ञान अहिले आम सर्वसाधारणलाई छ । यसैकारण पनि अहिले सेयरबजारमा धेरै ब्यक्तिहरु आबद्ध रहेका छन् । सेयर बजार के हो ? कसरी लगानी गर्ने ? सेयर बजारको मनोविज्ञान कस्तो हुन्छ ? भन्नेबारेमा जानकारीको लागि बेलाबेलामा तालिम पनि संञ्चालन हुने गर्दछ । फेरीपनि सेयरसम्बन्धि सम्पूर्ण जानकारी दिनको लागि आउदो मंसिर १३ देखि १५ गतेसम्म डा केशव श्रेष्ठद्धारा साँझ ६ बजेदेखि ८ बजेसम्म तालिम संञ्चालन हुने भएको छ । उक्त तालिममा जो कोही व्यक्तिहरु पनि सहभागी हुन सक्ने धितोपत्र बोर्डले जनाएको छ । उक्त तालिमको शुल्क १५ सय रुपैयाँ रहेको छ । सेयर बजार भनेको रिस्क (जोखिम) र रिर्टन (फाइदा) यी दुई कुराहरुको तालमेल नै हो । संसारमा जोखिम नमोलिकन फाइदा हुने सायदै कुनै कम्पनी छैन् । कही न कतै रुपमा जोखिम मोलेपछि नै फाइदा हुन्छ । नेपाल राष्ट्र बैकको नियमअनुसार बैँकमा राखेको पैसाको दुई लाख रुपैयाँसम्म मात्र सरकार जवाफदेही हुन्छ भने बाँकी जोखिम भनेको हामी आफैले नै लिन्छौँ । जहाँ जोखिम बढी हुन्छ त्यहाँ नै फाइदा भन्ने नै व्यापारको नियम हो । तपाईसंग भएको कम्पनीको दस्तावेज चाहेको बेला बिक्री गर्न मन लाग्यो, वा पैसाको आवश्यकता पर्यो वा कम्पनी मन परेन वा आफूसग भएको हिस्सा अरुलाई दिन मन लाग्यो भने यस्तो दस्तावेजको खरिद बिक्री हुने बजार नै सेयर बजार हो । लगानीकर्ता र कम्पनी बिच मध्यस्थता (पुल)को काम गर्ने निकायहरु ब्रोकर हुन् । सेयर बजारको क्षेत्रलाई लिएर जुन मनोबिज्ञान छ यसले नै मानिसलाई लगानी गर्न उत्साहित र निरुत्साहित पार्छ । जस्तो कि सेयर बजार बढेपछि बढेको बढ्यै गर्छ र घटेपछि घटेको घटयै गर्दछ । यस्तो मनोबिज्ञानकै कारण सेयरमा लगानी गर्न मानिस डराएको हुँन् । तर बजार घटबढ भने भइरहेको हुन्छ । नाफाघाटा भन्नेकुरा लगानीको समय सिमा र तपाईले कत्तिको अब्बल कम्पनीमा लगानी गर्नुभयो भन्ने कुरामा पनि निर्भर हुन्छ । ब्रिटेनको वर्कसेयर कम्पनी आजसम्म घाटामा गएको छैन् । नेपालमा पनि त्यस्ता कम्पनीहरु छन् जसको पहिचान गरेर सेयरमा लगानी गर्ने हो भने घाटामा जानुपर्ने स्थिती आउने छैन् । सेयर बजार एउटा चक्र हो नाफाघाटाको खेल चलिरहन्छ । अब्बल कम्पनी हेरेर दिर्घकालीन लगानी गर्नसके सेयरबाट घाटा हुन्न । पहिले पहिले सेयरको प्रमाणपत्र लिएर हिडनुपर्ने अवस्था थियो । अहिले सेयर बजारमा ब्यापक परिवर्तन आइसकेको छ । आइपिओ भर्नको लागि पहिलेपहिले दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो । २०६५ सालदेखि सेयर अनलाइन शुरु भएको हो । सेक्युरेटी केन्द्रमा चिच्याएर मूल्यको बोलकबोल गर्ने बजारसंग आजको बजार पूर्णरुपमा परिवर्तन भइसकेको छ । लामो समयदेखि संञ्चालनमा आएका कम्पनीहरुले नेटवर्थको आधारमा मात्र आईपिओ बेच्नुपर्ने कारण उनीहरु अहिलेको समयमा बजारमा आउन उत्साहीत देखिएका छैनन् । सो कुराको मध्यनजर गर्दे बुक बिल्डिङको काम अगाडि बढाउने भनेर पहिलो चरणमा दुरसंञ्चार क्षेत्रलाई र सिमेन्ट उत्पादन गर्ने कम्पनीलाई दायरामा ल्याउने योजना धितोपत्र बोर्डको रहेको छ ।








