• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

वाल्मीकि आश्रम क्षेत्रको विकासका लागि माडी नगरपालिकाले देखायो चासो

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडी नगरपालिका वडा नं १ अन्तर्गत बाल्मिकि आश्रम क्षेत्रमा रहेका १४ घरपरिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग गर्ने निर्णय भएको छ । माडी नगरपालिकाको ५५ औं कार्यपालिका बैठकले खरको छानो हटाएर टिनसहितको घर बनाउन प्रति परिवारलाई ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरपालिकाले पहिलो पटक आश्रममै कार्यपालिकाको बैठक बसेर यस्तो निर्णय गरेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको यो पुरानो बस्ती निकुञ्जकै जग्गामा बसेको हो । बस्तीले आश्रम र सीमा क्षेत्रको सुरक्षा गर्दै आएको भए पनि सामान्य आधारभूत सुविधा अभावमा बस्दै आएका कारण नगरपालिकाले तत्काल सुरक्षित आवासको व्यवस्था गर्न सहयोग गर्ने भएको नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

    यस बस्तीमा अधिकांश बालबालिका विद्यालयबाहिर रहेका छन् । विद्यालय टाढा भएका कारण किशोर–किशोरीहरु पढाइबाट वञ्चित हुँदा नगरपालिकाले शिक्षाको अधिकार सुनिश्चित गर्न तत्कालै एक जना प्रारम्भिक बालविकास सहजकर्ता नियुक्त गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थानीय काला राना मगरलाई सहजकर्ताको जिम्मेवारी दिन तयारी गरिएको हो ।

    यसैगरी, बाल्मिकि आश्रममा रहेको पुरातात्त्विक पार्क अवलोकन गर्न आउनेहरुबाट सरसफाई शुल्क लिने निर्णय भएको छ । मन्दिर प्रवेश र दर्शन भने निशुल्क हुनेछन् । स्थानीयलाई ५ रुपैयाँ, भारतीय नागरिकलाई १० रुपैयाँ (भारतीय मुद्रा) र विदेशीलाई ५० रुपैयाँ शुल्क लिने तयारी छ ।

    बैठकले आश्रम क्षेत्रका दुईवटा मन्दिरलाई २४ सै घण्टा खुला राख्ने, खानेपानी र शौचालयको व्यवस्था गर्ने, साथै भूक्षय रोकथामका लागि विशेष योजना ल्याउने निर्णय पनि गरेको छ । मन्दिरमा संकलन हुने भेटी व्यवस्थापनमा पारदर्शिता कायम गर्दै नगरपालिकाले अभिभावकत्व लिने पनि नगरप्रमुख महतोले स्पष्ट पार्नुभयो ।

    महर्षि वाल्मीकिले तपस्या गरेको, भगवान राम र सीताको छोराहरु लव–कुशको जन्मस्थल रहेको वाल्मिकि आश्रम भारतीय हिन्दु धर्मावलम्बीको पनि आस्थाको केन्द्र हो । यहाँ लव–कुशले शिक्षा लिएको सेथल, सीताको पाताल प्रवेशस्थल, अठ्ठासी हजार ऋषिहरूले हवन गरेको कुण्ड, वाल्मीकिको अन्तर्ध्यान स्थललगायत ऐतिहासिक अवशेष छन् ।

    हाल चितवन राष्ट्रिय निकुञ्जभित्र बाटो नहुँदा आश्रम पुग्न नवलपुर हुँदै भारततर्फ प्रवेश गर्नुपर्ने बाध्यता छ । नेपालतर्फ झोलुंगे पुल बने पनि आवश्यक प्रक्रिया पूरा नभएकाले सञ्चालनमा आउन सकेको छैन ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले मन्दिर क्षेत्रमा देखिएका बेथिति अन्त्य गरी वाल्मिकि आश्रमलाई व्यवस्थित र सबैले हेर्न लायक गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.