• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा हुर्किएका दुई हात्ती पहिलो पटक कतार पठाइने

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएका दुई हात्ती पहिलो पटक कतार पठाइने भएका छन्। प्रजनन् केन्द्रमा हुर्केर तालिम पाएर सौराहा हात्तीसारमा रहेका ७ वर्षीया रुद्रकली र ६ वर्षीय खगेन्द्र प्रसादलाई आगामी कात्तिकभित्र कतार पठाउने तयारी भइरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यका अनुसार कतारले दुई वर्षअघि कूटनीतिक माध्यममार्फत हात्ती मागेको थियो।

    आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न दुई वर्ष लागेको उनले जानकारी दिए। कतारको राजधानी दोहास्थित चिडियाखानामा राख्नका लागि यी हात्ती पठाइँदै छन्। त्यहाँ हात्ती राख्ने स्थान र वातावरणबारे नेपाली प्राविधिक टोलीले अध्ययन गरेको र विशेषज्ञ प्रतिवेदनअनुसार हात्ती बाँच्ने अवस्था देखिएकाले पठाउन लागिएको विभागले जनाएको छ। कतारमा अत्यधिक गर्मी हुने भएकाले हात्तीलाई एसीयुक्त (चिसो) वातावरणमा राख्ने व्यवस्था मिलाइएको छ।

    त्यस्तै, हात्तीले खाने घाँस भारतबाट विमानमार्फत लैजाने र आवश्यक परे नेपालबाट समेत लैजान सकिने तयारी कतार सरकारले गरेको छ। यी हात्तीलाई चितवनबाट महेन्द्र राजमार्ग हुँदै नवलपरासीमार्ग भैरहवा पुगाएर त्यहाँबाट चार्टर विमानमार्फत दोहा लैजाने कार्यक्रम तय भएको छ। हात्ती राख्ने फलामे खोर निर्माणको काम भइरहेको र पूरा भएपछि मात्र पठाइने विभागले जनाएको छ। हात्ती सँगै दुई जना नेपाली माउते पनि कम्तीमा एक महिनाका लागि कतार जानेछन्।

    उनीहरूले त्यहाँका माउतेलाई हात्तीको चालचलन र स्याहार गर्ने तरिका सिकाएर फर्कने छन्। सम्पूर्ण खर्च कतार सरकारले बेहोर्ने समझदारी भएको प्रवक्ता आचार्यले जानकारी दिए। चितवन हात्ती प्रजनन् केन्द्रमा हालसम्म ६८ वटा हात्ती जन्माइसकिएका छन्।

    सन् १९८७ (२०४४ साल) मा भारत, म्यानमार र थाइल्यान्डबाट ल्याइएका २० हात्तीबाट सुरु भएको यो केन्द्रले जन्माएको हात्ती पहिलो पटक उपहारस्वरूप विदेश पठाउन लागिएको हो। विभागका अनुसार यसअघि नेपालले विभिन्न मुलुकमा अन्य वन्यजन्तु पठाइसकेको भए पनि चितवनमा जन्मेका हात्ती पहिलो पटक कतार पठाउन लागिएको हो।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.