• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सरकारकै कमजोरीले बग्यो ‘रगतको खोलो’, अस्पतालभित्रै जेनजीमाथि बर्साइयो अश्रुग्यास

  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र आज रणमैदानमा परिणत भएको छ। जेनजीको प्रदर्शन उग्र बन्दा प्रहरीले चलाएको गोली र अश्रुग्यासको बर्साले नयाँ बानेश्वर क्षेत्र रणमैदानमा परिणत भएको हो। सरकारले नेपालमा दर्ता नभएका समाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ता आन्दोलित बनेका थिए। उनीहरू माइतीघर मण्डलाबाट मध्यान्न पौने १२ बजेतिर नयाँ बानेश्वर क्षेत्रमा पुगे। आक्रोसित युवाको भिड नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गर्‍यो। स्थिति उग्र बन्दा प्रहरीले गोली चलायो।

    थुप्रै विद्यार्थी गोली लागेर ठाउँको ठाउँ ढले। स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि कर्फ्यू जारी गर्‍यो। कर्फ्यू जारी भए पनि युवाहरू आन्दोलनबाट पछि हटेनन्। सरकारले सेना नै परिचालन गर्नुपर्ने अवस्था सिर्जना भयो। र, प्रहरीले निरन्तर अश्रु ग्याससँगै गोलीको वर्षा गर्न थाल्यो। प्रहरी रिपोर्टअनुसार हालसम्म १७ जेनजी युवाले ज्यान गुमाइसकेका छन्। काठमाडौंका विभिन्न अस्पतालमा २ सय ५६ घाइतेको उपचार जारी छ।

    घाइतेको उद्धार जारी रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको र १०० जना घाइते उपचाररत छन्। सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ। वीरमा ६ जनाको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ८ जनाले उपचारको क्रममा ज्यान गुमाउँदा ४९ जना घाइते उपचारत छन्। एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु हुँदा ३४ घाइते उपचारत छन्। एभरेष्ट अस्पतालमा उपचाररत सात जनाको अस्था गम्भीर छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा दुई जनाको मृत्यु हुँदा ३२ घाइते उपचाररत छन्।

    घाइते मध्ये ६ को अवस्था गम्भीर छ। त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ। त्यहाँ १८ घाइते उपचारत छन्। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन्। इटहरीमा समेत प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ। यसरी घाइतेहरूले काठमाडौंका अस्पताल खचाखच भरिएका छन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल त झन आज दिनभर तनावग्रस्त नै देखियो। नजिकको अस्पताल भएका कारण गोली लागेकाहरूलाई प्रदर्शनकारीहरूले अस्पताल ओसारी रहेको कारुणिक दृश्य देखिन्थ्यो। अस्पतालको इमर्जेन्सी कक्ष र बेड भरिभराउ थिए। कतिपय बिरामीको भूइमै उपचार गर्नुपर्ने स्थिति थियो।

    यहीबीच प्रहरीले अस्पतालमै प्रवेस गरेर अश्रु ग्यास प्रहार गरेको आरोप लागेको छ। प्रहरीले अस्पतालको कम्पाउन्ड भित्रको चौरमा बसेकाहरूलाई समेत लक्षित गरेर अश्रु ग्यास प्रहार गरेको बताइएको छ। सरकारको कमजोरीका कारण यो अवस्था आएको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ। डिसी नेपालबाट 

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.