• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सोमबार जेनजीको आन्दोलनमा भएको घटनापछि विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सरकारको राजीनामा मागेका छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका कैयौं नेताहरुले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । गएराती बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इतिहासकै कलंकको रुपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

    त्यसैगरी रास्वपाले सोमबारको घटनापछि वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । साथै रास्वपाले घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । त्यस्तै राप्रपाले पनि जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ ।

    राप्रपाको आकस्मिक रुपमा बसेको केन्द्रीय पदाधिकारी बैठकले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ । राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार राति विज्ञप्ति मार्फत एमालेसँगको गठबन्धन जारी राख्ने कांग्रेसको निर्णय पुर्नविचार गर्नुपर्ने बताएका छन् ।

    उनले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता नरहेको बताएका छन् । साथै महामन्त्री थापाले आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिइसकेको र समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको र सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् ।

    त्यस्तै कांग्रेस बाहेक एमाले भित्र पनि आफ्नै पार्टी नेतृत्वको सरकारप्रति अविश्वास बढेको छ । एमालेका केहि केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य उषा किरण तिम्सिनाले गृहमन्त्रीले मात्र राजीनामा दिएर हु्न्न भन्दै प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्ने बताएकी छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.