चितवन । चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ ।
प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।








