• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जेनजी पुस्तालाई धन्यवाद, अब सरकारले जनताको माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं

  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्। २०७९ साल फागुन १ गते मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा सफलताको उचाइमा पुगेको उल्लेख गर्दै उनले शोक र वियोगका बीचमा पनि सपनाले यथार्थको रूप लिन थालेको बताएका छन्।

    उनका अनुसार अभियानको प्रमुख लक्ष्य चर्को ब्याजदरका कारण घरबारविहीन बनेका लाखौँ नेपालीलाई आफ्नो घर–जग्गा फिर्ता गराउनु र गरिब नेपालीहरूको ऋण मिनाहा गर्नु हो। त्यस्तै सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिनुपर्ने, मध्यम वर्गीय व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग उनले दोहोर्‍याएका छन्। प्रसाईंले विदेशमा रहेका करिब १ करोड ६० लाख नेपाली युवालाई स्वदेश फर्केर जीवन पुनःनिर्माण गर्ने वातावरण बनाउनुपर्ने र ७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपालीलाई उद्धार गरी नेपाल फर्काउनुपर्ने पनि बताए।

    नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्यका रूपमा पुनर्स्थापना गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने घोषणा गर्दै उनले मन्त्री, सांसद वा प्रधानमन्त्री बन्ने कुनै व्यक्तिगत चाहना नरहेको स्पष्ट पारे। “हाम्रो चाहना एउटै हो— नेपाली जनताको उठाइएका मुद्दा पूरा होस्,” प्रसाईंले भने। साथै, उनले भगवती दुर्गाको चरणमा प्रार्थना गर्दै अब कुनै पनि नेपाली नागरिक, विशेषगरी जेनजी पुस्ताका युवाले बलिदान दिनु नपरोस् भन्ने आशा व्यक्त गरे।

    उनले लेखेका छन् :

    जिएनजी पुस्तालाई धन्यवाद।

    अब जिएनजीको नेतृत्वमा बन्ने सरकारले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू

    २०७९ साल फागुन १ गते, मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु भएको हाम्रो अभियान आज आएर आंशिक रूपमा भए पनि सफलताको उचाइमा पुगेको छ। शोक र वियोगका पिडाबिच पनि, हाम्रा शब्द र सपनाले यथार्थको रूप लिएको हुँदा हामी आज अत्यन्तै हर्षित छौँ।

    वर्षौँदेखि हामीले उद्घोष गर्दै आएका सत्यहरू आज प्रमाणित भएका छन्। त्यसैले हर्षका आँसु र वियोगका आँसु आज एकसाथ हाम्रो आँखाबाट बगिरहेका छन्।

    अब हाम्रो एउटै लक्ष्य र प्रतिबद्धता यो हो—

    बैंक, सहकारी र लघुवित्तको चर्को चक्रवर्ती ब्याजका कारण घरबारविहीन बनेका लाखौँ नेपाली नागरिकलाई आफ्नै घर–जग्गा फिर्ता गराउनु।

    २० लाखभन्दा मुनिका गरिब नेपालीको ऋण मिनाहा गर्नु, र सोभन्दा माथिका मध्यम वर्गीय नेपाली व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनु।

    सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिएर फिर्ता गरिदिनु।

    १ करोड ६० लाखभन्दा बढी परदेशिएका नेपाली युवालाई स्वदेश फर्केर जीवन पुनर्निर्माण गर्ने वातावरण सिर्जना गर्नु।

    ७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपाली युवालाई उद्धार गरी सुरक्षित नेपाल फर्काउनु।

    नेपाललाई वैदिक सनातन धर्मसहितको धार्मिक स्वतन्त्र हिन्दु अधिराज्यका रूपमा पुनर्स्थापना गर्नु।

    हाम्रो आन्दोलन, हाम्रो अभियान अब यही ध्येयप्रति समर्पित हुनेछ। नेपाली जनताको पीडा, अभाव र छटपटाहटका घाउमा मलमपट्टी लगाउन हामी आफ्नो तन, मन, धन, वचन र कर्मसहित सधैँ नागरिक सेवामा तत्पर रहनेछौँ।

    यो आन्दोलनलाई छोटो समयमा यति ठुलो उचाइमा पुर्‍याउँदै, परिवर्तनको ढोका खोल्न सफल भएका जेनजी पुस्ताका भाइबहिनीहरूप्रति हामी उच्च सम्मान र आभार प्रकट गर्दछौँ।

    हामीलाई मन्त्री, प्रधानमन्त्री वा सांसद बन्ने कुनै रहर छैन। हाम्रो चाहना एउटै हो— हामीले उठाएका नेपाली जनताको माग र मुद्दाहरू अब बन्ने सरकारले पूरा गरिदियोस्।

    अन्त्यमा, भगवती माता दुर्गाको चरणमा हात जोडेर यही प्रार्थना गर्दछौँ— अब कुनै पनि नेपाली नागरिक, विशेष गरी जेन–जी पुस्ताका छोराछोरीहरूले आफ्नो आमाबाबु वा अर्को पुस्ताका लागि जीवन बलिदान दिन नपरोस्।

    जय देश! जय नागरिक! धन्यवाद।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.