काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ । मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् ।
पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए । जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।








