चितवन । जनजीवन सामान्य बन्दै गएपछि चितवनमा लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुनेगरि हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गर्नुभएको छ । भरतपुर, नारायणगढ, रत्ननगर, पर्सा बजारलगायतमा स्थानीय आफ्नो दैनिक काममा फर्किएका छन् ।









