काठमाडौं । लगातार घटेको सुनको मूल्य बिहिबार स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन स्थिर रहेर तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहिबार चाँदी तोलाको एक हजार १ सय ७५ रुपैयाँ रहेको छ ।








