• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ओलीको नयाँ रणनीतिः सचिवालय विघटन वा विस्तार

  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाण्डौ । अबको स्थायी कमिटी वैठकमा आफूले प्रस्तुत गर्ने प्रस्ताव तयार गर्न आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई खटाएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वैठकपछि के गर्ने भन्ने रणनीति तयार गर्न थालेका छन् । पार्टी विभाजन हुने कुरामा ओली मात्र होइन, प्रचण्ड माधव नेपाल पक्ष पनि विश्वस्त छैन, तर एक अर्काेलाई जसरी पनि तह लगाएर पार्टीलाई आफू अनुकूल संचालन गर्नको लागि अपनाउने हतकण्डाको बारेमा दुवै पक्षले गंभिररुपमा तयार गरिरहेको छ । प्रधानमन्त्री ओली भने सधैभरिको किचकिच भन्दा अबको वैठकपछि जस्तोसुकै भए पनि वारपार हुनुपर्छ भन्ने सोंचाईमा पुगेको उनी निकटका नेताहरु बताउंछन् । रिमाल र पोख्रेलले वैठकमा ओलीको तर्फबाट प्रस्तुत हुने प्रस्ताव तयार गर्ने क्रममा दिनहुं जसो नै ओलीलाई भेटिरहेका छन् भने ओलीले पनि आफू निकट मात्रै आफ्नो विपक्षी खेमाका नेताहरुलाई पनि दिनहुं भेटिरहेका छन् । उनी एकातिर आफ्नो पक्षका नेताहरुलाई स्थायी कमिटीको वैठकपछि के गर्ने भन्ने बारेमा रणनीति बनाउन लगाइरहेका छन् भने प्रचण्ड, माधव खेमाका नेताहरुलाई जसरी पनि आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका छन् । त्यसको लागि उनी आफैले दिनहुं विभिन्न नेताहरु भेटिरहेका छन् । स्रोतका अनुसार प्रचण्ड माधव नेपाल खेमाका धेरै नेताहरु अहिले मौन वस्नुमा पनि ओलीको सक्रियता नै मुख्य कारण हो । ‘उहांले अहिले मबाट मात्रै होइन प्रचण्ड, माधव, वामदेव, झलनाथ कसैबाट पनि पार्टी चल्दैन । तपाईहरु अगाडि सर्नुस्, म सहयोग गर्छु भनिरहनु भएको छ । त्यसले मजस्ता धेरै युवा नेताहरुलाई अलिकति उत्साहित बनाउनु स्वभाविक हो’ माधव नेपाल पक्षका एक नेताले जनतापाटीसंग भने । ओलीले एकातर्फ युवा नेताहरुलाई प्रभावमा पारेर प्रचण्ड-माधव नेपाललाई दवाव रणनीति लिएका छन् भने अर्काेतर्फ सभापति शेरबहादुर देउवा लगायतका नेपाली कांग्रेसका नेताहरुसंग भेटेर ‘आवश्यक पर्यो भने पार्टी विभाजन गरेर कांग्रेससहितको सरकार बनाउन पनि तयार छु’ भन्ने सन्देश पनि दिइरहेका छन् । यद्धपी ओली स्वंय अहिले नै पार्टी विभाजन गरिहाल्ने तयारीमा नरहेको र विपक्षी खेमालाई तर्साउनको लागि ‘कांग्रेस कार्ड’ प्रयोग गरिरहेको उनी पक्षका नेताहरु बताउंछन् ।

    सचिवालय विघटन नभए विस्तार गर्ने तयारी
    ओली पार्टीको हाइकमाण्डको रुपमा रहेको सचिवालयबाट हैरान छन् । नौ सदस्यिय सचिवालयमा ओली पक्ष अल्पमतमा छ । त्यहीकारण सचिवालयबाट निरन्तर अवरोध खेपिरहेका ओली त्यसलाई विघटन गर्ने र त्यो संभव नभए विस्तार गरेर १५ सदस्यीय बनाउने प्रस्ताव गर्ने भएका छन् । केही दिन अघि महासचिव विष्णु पौडेल सचिवालय समस्या सृजना गर्ने थलो बनेको भन्दै विघटन गर्नु पर्ने धारणा सार्वजनिकरुपमै व्यक्त गरेका थिए । उनले ओलीसंग छलफल गरेर नै त्यसो बोलेका थिए । सचिवालय विघटन हुने स्थिति नभएमा ६ जना थप गर्ने र त्यसमा धेरै जसो आफ्नो पक्षका नेताहरुलाई ल्याउने उनको तयारी छ । त्यसो भएमा जनार्दन शर्मा, घनश्याम भुषाल, योगेश भट्राई, शंकर पोख्रेल, प्रदिप ज्ञवाली समेतलाई सचिवालयमा समेट्न सकिने ओली पक्षको विश्लेषण छ । शर्मा प्रचण्ड पक्षधर तथा भुषाल र भट्राई माधव नेपाल पक्षधर भए पनि पछिल्लो विवादमा समन्वयकारी भूमिका खेलेकोले ओली उनीहरुप्रति नरम बनेका हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.