रत्ननगर । गृहमन्त्रालयले इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रन्जन अवासहित देशभरका ९० जना डिएसपीको सरुवा गरेको छ।
डिएसपी अवालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको अनुसन्धान, योजना तथा विकास शाखा, रानीपोखरीमा सरुवा गरिएको छ। अवाको स्थानमा सुवास भट्टलाई खटाइएको छ।
भट्ट जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भई रत्ननगर आउन लागेका हुन्।








