चितवन । यातायात व्यवस्था सेवा कार्यलय भरतपुर अगाडि राखिएको फोटोकपी पसलले गर्दा कार्यलयमा भिडभाड बढेको छ। कार्यालय अगाडि अव्यवस्थित तरिकाले राखिएको फोटोकपी मेसिनहरुले गर्दा भिडभाड बढेको हो। फोटोकपी मेसिन त्यसरी राख्दा सेवाग्राहीलाई भिडभाड बढेको र हिडडुल गर्न समेत असहज भएको सेवाग्राहीहरुले बताए। यातायात कार्यालय अगाडि नै अव्यवस्थित तरिकाले फोटोकपी राख्नुको सट्टा व्यवस्थित तरिकाले सटरहरुमा राख्दिएको भए भिडभाड नहुने र सेवाग्राहीलाई पनि थप सहज हुने सेवाग्राही प्रेम बहादुर गुरुङले बताए।
कोरोनाको यो महामारीमा त्यसरी भिडभाड गर्दा थप जोखिम समेत भएको उनले बताएकाछन्। यातायात व्यवस्था सेवा कार्यलयले पटकपटक मौखिक भन्दा समेत पसलेहरुले अटेर गरेर पसल राखेको कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले बताए। उनले पार्किङ अव्यवस्थित भएपछि डोरी टागेर राख्न पर्ने बाध्यता समेत आएको उनले बताए। अवैधानिक रुपमा विना दर्ता गरेर फोटोकपी पसल संचालनमा ल्याउने र कार्यालयले पटकपटक भन्दा नि अटेर गर्ने गरेकाछन, तत्काल त्यो पसल व्यवस्थित नगरे पसल नै बन्द गराउने उनले बताए।
यातायात व्यवस्था कार्यालय आगडि राखिएको फोटोकपी पसलले गर्दा सेवाग्राहिलाई असहज
यातायात व्यवस्था कार्यालय आगडि राखिएको फोटोकपी पसलले गर्दा सेवाग्राहिलाई असहज
- अ
- अ
- अ








