• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ ।

    प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सनआबद्ध स्कुलहरूबाट उठाइएको रकमबाट ती सामग्री खरिद गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । ‘युवाहरूको उकुसमुकस र देशमा सुशासन कायम गराउने हुटहुटीबाट सिर्जित आन्दोलनले जिल्लाका अधिकांश कार्यालयहरू ध्वस्त भएको र जिल्लामा छरितो सेवा प्रवाहका सहज होस् भनेर सहयोग गरिएको हो,’ प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले बताए ।

    ‘२३ र २४ गतेको आन्दोलनबाट सिर्जित परिस्थितिपश्चात सेवाग्राही नागरिकले सकेसम्म कम पीडा भोग्नु परोस् भनेर हामी प्रमुख जिल्ला अधिकारीज्यूसँगै सरसल्लाह गरी ती सामग्री प्रदान गरेका हौँ’, पुरीले भने । प्रशासनको आग्रहबमोजिम हस्तान्तरण गरिएका सामग्रीमा टुबेल्थ जेनको आई–५ कम्प्युटर १० थान, ब्रदर ब्रान्डको एल–२३२० ड्युप्लेक्स (डबल साइड प्रिन्ट गर्न मिल्ने) थ्री इन वान प्रिन्टर १० थान र २२ इन्चको एलइडी मोनिटर १० थान रहेका छन् । ती कम्प्युटरमा ८ जिबी ¥याम र ५१२ जिबीको एसएडी लगाइएको प्याब्सन चितवले जनाएको छ ।

    प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलको सक्रियता एवम् नेतृत्वमा प्याब्सन रकम संकलन गरेर प्रदान गरिएको कम्प्युटर र प्रिन्टर प्रतिसेटको मूल्य एक लाख १० हजार हुन आउँछ भने सहयोग गरिएको सबै सेटको मूल्य एघार लाख रुपैयाँ पर्ने प्याब्सन चितवनले जानकारी दिएको छ । ‘देश दुखेको बेला मल्हम लगाउने प्रयासस्वरुप सहयोग गरेका हौँ,’ कोषाध्यक्ष पौडेलले भने ।
    अध्यक्ष पुरीद्वारा हस्तान्तरित सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले सामग्रीका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, ‘नागरिकलाई छरितो सेवा प्रवाह गर्न चितवन प्रशासन प्रतिबद्ध छ, हामी घटनाको तेस्रो दिनबाटै सेवामा जुटिसकेका छौ ।’ कतिपय जिल्ला प्रशासन कार्यालयहरूले दसैँअघि सेवा प्रवाह गर्न सकिँदैन भनेर सूचना निकालिरहेको अवस्थामा आफूहरू भने तत्कालै सेवा प्रवाहमा जुटिसकेको बताए । ‘आन्दोलनका नाममा ढुङ्गा हान्न उक्साउने र ढुङ्गा हान्नेलाई चाहिएको सेवा तुरुन्तै दिन सकियो भने त्यो ‘इँटको जवाफ फूलले दिएजस्तै हुन्छ,’ उनले भने ।

    सिडिओ अर्यालले ध्वंसमा परेका चितवनका कार्यालयहरूमध्ये केही कार्यालयहरू सञ्चालनमा आइसकेको र मालपोत कार्यालयबाहे अन्य सबै कार्यालयहरू छिट्टै सञ्चालनमा आउने बताए । आन्दोलनका क्रममा निकै संयमित भएको र मानवीय क्षति हुन नदिन आफूहरू पछि हटेको बताए । उनले भौतिक संरचनाको क्षति विस्तारै पूर्ति हुने तर मानवीय क्षति अपूरणीय हुने भएकोले आफूहरू पछि हटेको बताए ।

    प्याब्सन चितवनका सचिव दयानिधि आर्यालले सञ्चालन गरेको सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू नेपाल प्रहरीका एसपी गोविन्द पुरी, नेपाली सेनाका गणपति दिनेश लामा, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, निजी विद्यालयका प्रिन्सिपल एवं सञ्चालकहरूको सहभागिता रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.