चितवन । कोरोनाको जोखिमका कारण यस बर्ष स्थानिय केहि भक्तजनहरु मात्रै एकादशी पर्व मनाउन देवघाट पुगेका छन् । एकादशीमा भक्तजनहरुको घुँइचो लाग्ने देवघाटमा यसपटक थोरै भक्तजनहरुले मात्रै बाँसको लिङ्गो गाड्ने, तोरन टाँग्ने र स्नान गरेका छन् ।
यस बर्षको एकादशी पर्वमा करिब १५ सय भक्तजनहरु देवघाट पुगेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार गत बर्ष करिब ५० हजार भक्तजनहरु एकादशी पर्व मनाउन देवघाट पुगेका थिए । कोरोना भाइरसको संक्रमण जोखिम उत्तिकै रहेकाले भक्तजनहरुलाई घरमै बसेर पर्व मनाउन आग्रह गरिएको थियो । भक्तजनहरुलाई देवघाट नआउन आग्रह गरिएको भएपनि स्थानिय करिब १५ सय जना भक्तजनहरुले आज देवघाटको वेणी संगममा स्नान गर्ने, तुलसीको विवाह गर्ने, तोरन टाँग्ने काम गरेको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । भक्तजनहरु गइसकेपछि समितिले भक्तजनहरुको सुरक्षा र सामाजिक दुरी कायम गराउने कामहरु गरेको उनले बताए ।
कालिगण्डकी र त्रिशुलीको संगमस्थल देवघाटमा स्नान गर्नाले मानिसहरुमा कुनै किसिमको रोग व्याधी नलाग्ने र मोक्ष प्राप्त हुने मान्यता रहेको उनी बताउँछन् । यस बर्ष कोरोनाको जोखिमका कारण न्युन मात्रामा भक्तजनहरु देवघाट पुगेका हुन् ।
देवघाटमा एकादशी पर्व मनाउनेको संख्या न्यून
देवघाटमा एकादशी पर्व मनाउनेको संख्या न्यून
- अ
- अ
- अ








