• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

६ लाख ६ हजार ५०५ निजी आवास पुनःनिर्माण

  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताए । प्राधिकरणले अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाए । प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटनलगत्तै निजी आवास पुनःनिर्माणसम्बन्धी पत्र कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताए । प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनःनिर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ । वि सं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ । हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ । तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । दोस्रो कार्यपत्र सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्बन्धमा प्रस्तुत भएको छ । कार्यपत्र प्रस्तुत गर्दै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हालसम्म भूकम्पले क्षति पुगेका आधाभन्दा बढी संरचना पुनःनिर्माण सम्पन्न भएकाले आगामी दुई वर्षमा सबै सम्पदा ठड्याइसक्ने प्रतिबद्धता जनाएका छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दाबढी सम्पदा पुनःनिर्माण भइसकेका छन् । विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, साँस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव सङ्कलन गरिनेछ । आजै सार्वजनिक भवन तथा पूर्वाधारसँग सम्बन्धित विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ । दोस्रो दिन शनिबार बाँकी तीन वटा विषयगत अध्यायमा छलफल हुनेछ । वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, अन्तरराष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ता, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति छ । रासस

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.