विराटनगर । कोशी नदीमा पानीको बहाव बढ्नेक्रम जारी रहेको छ । पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको छ भने कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । त्यस्तै कोशी पुलमा यसअघि बन्द गरिएको यातायत भने अहिले खोलिएको छ ।








