• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मनसुन प्रतिकार्य कमाण्ड पोष्टका ८ निर्णय के के छन् ?

  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रहेका सडकमा रातिमा सवारी साधन नचलाउनेसहित ८ निर्णय गरेको छ ।

    आइतबार बसेको प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टले अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनेलगायतका निर्णय गरेको हो ।

    मनसुन प्रतिकार्य कमाण्ड पोष्टका निर्णयहरु:

    १- मिति २०८२ असोज १७ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घट्नाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    २- स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने ।

    ३- अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने ।

    ४- विपद्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

    ५- विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने ।

    ६- प्राधिकरणको मिति २०८२ असोज १८ गतेको सूचना बमोजिम विपद्जन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधन संचालनमा रोक लगाइएकोमा देहाय बमोजिम गर्ने:

    (क) अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने । (ख) अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने ।

    (ग) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग/सडकमा रात्रीकालीन बस सेवा संचालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने ।

    ७- अवरुद्ध खानेपानी, विद्युत, संचार लगायतका अत्यावश्यक सेवाहरु संचालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसंचार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने ।

    ८- मनसुनजन्य विपद्का घटनाहरुको खोज, उद्धार, राहत तथा प्रतिकार्यको क्रममा खटिनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, जनसमुदाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सञ्चारकर्मीलगायत सम्वद्ध पक्षलाई धन्यवाद् दिने ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.